हिपमत डटकम

शुक्रबार, साउन २२, २०७८ || 653  पटक पढिएको

भुटान सरकारले नेपाललाई दिएको कोरोना भाइरस विरुद्धको खोप आज नेपाल ल्याइएको छ । भुटानले दिएको झन्डै तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको हो । खोप ल्याएर आएको भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा ल्याएको हो ।

 

भुटानले आफ्ना योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो ।खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार २१ बाकस खोप ल्याएको हो । ‘ठ्याक्कै कति डोज आएको छ भन्ने कोल्ड चेनमा लगेर राख्दा थाहा हुन्छ,’ उनले भने, ‘परराष्ट्र मन्त्रालयले लगभग तीन लाख खोप आउने भनेको थियो।’

 

भुटानले दिएको खोप नेपाललाई पैंचो हो कि अनुदान भन्ने खुलेको छैन । भुटानबाट आएको खोप नेपालमा कोभिसिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका जेष्ठ नागरिकलाई दिइने खोप शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!