हिपमत डटकम

बिहिबार, साउन २१, २०७८ || 627  पटक पढिएको

सुर्खेत प्रहरीले राजश्व छलीका सामान बोक्ने एक जना र लागू औषध ब्राउन सुगर कारोबारी २ जना गरी तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार लागु औषधको घटनामा वीरेन्द्रनगर नगरपालिका– ७ ईत्राम स्थित औद्योगीक क्षेत्र तर्फ जाने कच्ची मोटर बाटोबाट जुम्ला तिला गाउँपालिकाका १८ बर्षीय काली बहादुर शाही र २१ बर्षीय खिमराज शाहीलाई शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा पक्राउ गरिएको हो।

चेक जाँच गर्दा खिम राज शाहीले आफ्नो बायाँ हातको मुठ्ठी भित्र राखेको कालो प्लास्टिकमा सेतो धागोले बेरी राखेको ३ पुडिया जमिनमा फालेको र काली बहादुर शाहीले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा कालो प्लास्टिकमा बेरी लुकाई छिपाई राखेको ४ पुडिया लागू औषध ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

यस्तै उनीहरुको साथबाट दुईवटा मोबाइल सेट, नगद दुई हजार ४५० रुपैयाँ समेत बरामत गरिएको उनले बताए ।

 

यस सम्बन्धमा थप अनुसन्धान प्रहरीले गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!