राजिव शाह

बिहिबार, साउन २१, २०७८ || 364  पटक पढिएको

कोरोना महामारीका बीच श्रावण महिना भित्रमा सकिने गरी कक्षा ११ को परिक्षा आजबाट सुरु भएको छ । कोभिड-१९ महामारीले बिद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको छ ।

यसैबीच सर्लाही सदरमुकाम मलंगवा लगायत जिल्लाका उच्च बिधालयहरुले कक्षा ११ को परिक्षा लिन थालेको छ । मलंगवा स्थित ग्रीन ल्याण्ड उच्च माविका शिक्षक बिद्यार्थीहरु स्वस्थ्य मापदण्ड पालना गर्दै क्याम्पले परिक्षा संचालन गर्न सुरु गरिएको सो क्याम्प शिक्षक पदमलाल फ्युयालले बताउनुभयो । क्याम्पसले २७ गते सम्म परिक्षा सक्ने गरी सुरु गरेका छन् भने कक्षा १२ को परिक्षा पनि श्रावण ३१ गते बाट लिने तयारी गरेको छ ।

कार्यविधिअनुसार परीक्षा तालिका सार्वजनिक गरेर जिल्लाका अधिकांश विद्यालयले परीक्षा सञ्चालन गर्न लागेका छन्। राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार कक्षा १२ को परीक्षा हुनुअघि नै कक्षा ११ को परिक्षा लिइसक्नुपर्ने भएकाले कोरोनाको त्रासका बीचमा स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न लागिएको ग्रीणल्यान्ड उच्च माध्यमिक विद्यालयका जितेन्द्र सिंहले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!