हिपमत डटकम

बुधबार, साउन २०, २०७८ || 715  पटक पढिएको

अपराध अनुसन्धान र अपराधि पत्ता लगाउने प्रहरी जवानको परीक्षामै नक्कली परीक्षार्थी सहभागी हुने गरेको फेला परेको छ ।

प्रदेश १ प्रहरी कार्यालय रानी तालिम केन्द्रमा संचालित प्रहरी जवानको लिखित परीक्षामा परीक्षार्थी बनेर परीक्षा दिन खोज्ने ६ जना नक्कली परीक्षार्थी पक्राउ परेपछि यो रहस्य फेला परेको हो ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा भोजपुर पौवादुङ्‌मा गाउँपालिका वडा नं. ६ का २३ वर्षीया सूर्य राई, १९ वर्षका सागर राई, २२ वर्षीया संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ८ का १९ वर्षीया सरोज राई, धनकुटा शहिदभूमि गाउँपालिका वडा नं. ३ का २१ वर्षीया खपाङ राई र धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ८ का २७ वर्षीया राजकुमार राई रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरुले भोजपुर पौवादुङ्‌मा ६ का सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भन्दै सोही ठाउँका संगम राईबाट नगद १ लाख १८ हजार, पौवादुङ्‌मा ६ कै सागर राईबाट १ लाख १८ हजार, धनकुटा साँगुरीगढीका सरोज राईबाट दुई लाख रुपैयाँ लिएको खुलेको छ ।

पक्राउ परेका उनीहरुलाई प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको जनाएको छ । उनीहरुलाई शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा ५ को म्याद लिई थप गरी अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!