हिपमत डटकम

बुधबार, साउन २०, २०७८ || 507  पटक पढिएको

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० स्थित गण्डकी गेष्ट हाउस रेष्टुरेन्टबाट १ हजार १ सय २५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा बारा निजगढ नगरपालिका-१३ बस्ने १९ वर्षीय सुवास गोले र सोही ठाउँ बस्ने १९ वर्षीय सरोज थिङ रहेका छन् ।

 

उक्त रेष्टुरेन्टमा लागूऔषध सहित मानिस बसेका छन् भन्ने सूचनाको आधारमा प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!