हिपमत डटकम

सोमबार, साउन १८, २०७८ || 451  पटक पढिएको
फ़ाईल तस्बिर

स्वास्थ्यजस्तो स्वास्थ्य संवेदनशील विषयमा अनावश्यक तर्क गरेर राजनीति गर्नु उचित होइन । राजनीति त दर्शनमा आधारित भएर गर्नु पर्दछ भन्ने मूल्य र मान्यतालाई तिलाञ्जली दिन खोजिदैछ यतिखेर । अरू विषयवस्तु केही नपाएर कोरोनाविरूद्धको खोप लगाउने विषयमा केन्द्रित भएर राजनीति गर्न खोज्नु नैतिकताले पनि नदिने सवाल हो ।

झापा र मोरङका एकदुई घटनाहरूलाई नजिकबाट नियाल्दा अचम्म लागेर आउँछ । नीति र सिद्धान्तमा बहस र छलफल गर्नुपर्ने बेलामा कोभीड–१९ को खोप लगाउने विषयलाई आधार बनाएर राजनीति आरोप प्रत्यारोप लगाउन थालिएको छ । राजनीति र स्वास्थ्य दुई अलग विषय हुन् ।

यी दुई विषयलाई एकै ठाउँमा मिसाएर राजनीति आपसमा विवाद खडा गर्नु र नेतृत्व तहमा पुग्ने आश गर्नु कोरा कल्पनामात्र हुन सक्छ । सफल नेतृत्वकर्ताले त सबै विषयवस्तुलाई विश्लेषण गरेर गतिविधि अगाडि बढाउन सक्छ । तर यहाँ त त्यसो नभएर कसैका स–साना त्रुटि कमजोरीलाई लिएर धमिलो पानीमा माछा मार्ने प्रयत्न गरेर राजनीति नेतृत्व हत्याउने प्रयास गरिन्छ ।

आफ्नो प्रतिस्पर्धीलाई विभिन्न आक्षेप तथा आरोपहरू लगाएर राजनीतिक रूपमा खुइल्याउने परिपाटीको विकास हुन लागेको देखिन्छ । यस्तो परिपाटीको विकास हुने हो भने राजनीति भनेको जनसेवा हो भन्ने मान्यता हराएर जान्छ । त्यसपछि मानिसले राजनीतिलाई घ्रीणको दृष्टिले हेर्ने परिस्थिति सिर्जना हुन जान्छ ।
तर आमनागरिक कोरोना कहरले आहात भएको समयमा कुनै पनि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले खोप लगाउने विषयमा विवाद निकालेर राजनीति गर्न खोज्नु कदापि पनि नागरिकको हितमा हुन सक्दैन । आफ्ना असहमति छन् भने ती असहमतिलाई राख्ने विभिन्न उपायहरू छँदैछन् ।

यदि खोप लगाउने कार्यमा गलत भएको हो भने उजुरी गर्ने निकाय पनि छँदैछन् । त्यस विषयलाई राजनीति प्रोपगण्डा बनाएर अनावश्यक बखेडा झिक्नु कदापि सान्दर्भिक हुँदैन । त्यसैले कोभीड–१९ विरूद्धको खोप लगाउने विषयमा सरोकारवाला र नियामक निकायले सहजीकरण गेरर सर्वसुलभ बनाउन सक्नु पर्दछ । यस कार्यमा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको ठूलो भूमिका हुन सक्छ ।

हुन त कतिपय सामाजिक संघसंस्थाका व्यक्तिहरू पनि राजनीति दलको उद्देश्यसँग मेल खाने किसिमले काम गरिरहेका पनि हुन्छन् । त्यस्ता संस्थाका क्रियाकलापबाट सावधान रहेर काम गर्न सक्नु पर्दछ । उद्देश्य नागरिककको स्वास्थ्य सुरक्षा नै अहिलेको पहिलो प्राथमिकता हो भन्ने ध्यले काम गर्न सकेमा पक्कै पनि खोपको राजनीति गर्नेहरू बिफल हुने थिए ।

यो न्युज आजको न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!