त्रिविअन्तर्गत विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमूखी क्याम्पसमा आधा दर्जनभन्दा बढी विभागमा अध्यापन गराउने प्राध्यापक छन् तर विद्यार्थी छैन ।

४५ विभाग रहेको क्याम्पसमा कतिपय विभागमा अध्ययन गर्ने विद्यार्थी भर्ना छन् तर प्राध्यापक छैनन् । प्राध्यापकको अभावमा विद्यार्थी अध्ययनका लागि क्याम्पसको कक्षाकोठामा पुग्दा पनि नपढिकन तिनीहरू घर फर्कने गरेका छन् । यसरी कक्षा कोठामा अध्ययन पुरा नगरेका विद्यार्थी जुन घरैमा अध्ययन गर्छन् ति विद्यार्थीहरूले क्याम्पस नभई आफ्नै घर अध्ययनमा परीक्षा उत्तिर्ण गर्नु पर्ने अवस्था छ ।

क्याम्पस प्रमुख प्राध्यापक डा. बाबुराम तिमल्सिनाले इतिहास, अर्थशास्त्र, हिन्दी , संस्कृति, गृह विज्ञान, तर्क शास्त्रलगायतका विभागमा कार्यारत रहेको प्राध्यापकले सरकारी राज्यकोषबाट तलब सुविधा वापत मोटो रकम बुझिरहेका छन् । तर विभागमा विद्यार्थीनै नरहेकोले सरकारले प्राध्यापकलाई मासिकरूपमा उपलब्ध गराइरहेको तलबको औचित्य नभएको जानकारी गराए ।

पछिल्लो समय एसईई उत्तीर्ण गर्ने वित्तिकै विद्यार्थी विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टतर्फको कक्षा ११ र १२ को पढाई सक्ने वित्तिकै डाक्टर इन्जिनियर र आइटी पढ्न उत्सुक रहेकोले वर्षौ पुराना कोर्ष विद्यार्थीले पढ्न नरूचाएकोले त्रिविको ४ वर्षे स्नातक अन्तर्गतको इतिहास, अर्थशास्त्र, हिन्दी, संस्कृति लगायतका विषयमा विद्यार्थी भर्ना लिन छाडिएको हो ।

सूत्रका अनुसार हिन्दी विभागमा करारमा दुई प्राध्यापक कार्यरत छन् । दुवै प्राध्यापकले दशकौ देखि तलब सुविधावापत मासिक १ लाखभन्दा बढि रकम बुझिरहेका छन् । दशकौंदेखि विद्यार्थी हिन्दी विभागमा भर्ना छैनन् । हिन्दीसँगै इतिहास, अर्थशास्त्र, संस्कृतलगायतका अध्ययन गर्नेतर्फ रूचि घटेको छ ।

क्याम्पसमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायअन्र्तगत ४५ विभाग छन्, सयौं विषयको अध्ययन अध्यापन गराइन्छ । १ दर्जनभन्दा बढि विभागमा १ देखि ५ जनासम्म विद्यार्थी भर्ना भई अध्ययनरत छन् । त्रिविको विधानले एउटा विभागमा १० भन्दा कम विद्यार्थी भर्ना भए ति विषयको अध्यापन गराउन पाइँदैन । ती विद्यार्थीलाई अर्कै विभागमा भर्ना गर्न प्रेरित गर्नु पर्छ । क्याम्पस प्रशासनले २–३ विद्यार्थी भर्ना लिएको विषयको अध्ययन गराइरहेको छ ।

जसको कारण राज्यकोषको मोटो रकमको चरम दुरूपयोग भइरहेको छ । त्रिविदेखि महेन्द्र मोरङ क्याम्पस प्रशासन मौन छ । क्याम्पस प्रशासनले मौखिम परीक्षा भरमा आंशिक प्राध्यापक नियुक्त गर्दा सोर्स, फोर्स र पहुँचको भरमा सरकारी सेवामा प्रवेश गर्नेको संख्या बढेको छ । शुरूमा मौखिम परीक्षाको भरमा आंशिक रूपमा प्राध्यापक नियुक्त गर्ने, पछि करार हुँदै स्थायी हुने प्रचलन रहेकोले दक्ष जनशक्तिले क्याम्पसमा प्रवेश पाउन सकिरहेको छैन ।

क्याम्पसमै कार्यरत क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र विभागीय प्रमुखहरूले आफ्ना भाइभतिजा, नातागोतालाई आंशिक रूपमा नियुक्त गर्दै स्थायी बनाउने खेलले दक्ष जनशक्तिले चाहेरपनि महेन्द्र मोरङ क्याम्पसमा प्रवेश पाउन सकेका छैनन् । जसको चौतर्फी विरोध हुँदापनि लिखित नलिई मौखिककै भरमा आंशिक प्राध्यापक नियुक्त गर्ने चलन छ । सरकारले दुई दशकभन्दा अगाडि त्रिभुवन विश्वविद्यालय अन्तर्गतबाट कक्षा ११ र १२ को कक्षालाई हटाएपछि हाल ४ वर्षे स्नातक तहको अध्ययापन गराइरहेको छ ।

विश्वविद्यालयले कक्षा–११ र १२ को पाठ्यक्रम हटाउँदा प्राध्यापकलाई समयमा नै व्यवस्थापन गर्न नसक्दा विद्यार्थी छन् प्राध्यापक छैनन्, प्राध्यापक छन् विद्यार्थी छैनन् जस्तो अवस्था सृजना भएको हो ।

यो न्युज आजको न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!