हिपमत डटकम

सोमबार, साउन १८, २०७८ || 355  पटक पढिएको

दोस्रो लहरको कोरोना संक्रमणबाट मोरङमा ३ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक तथ्याङ्कअनुसार विराटनगर क्षेत्रभित्र साउन १६ गतेसम्ममा १५९ जनाको मृत्यु भइसकेको छ । रंगेली ७, सुनवर्षी ५, रतुवामाई ५, उर्लाबारी ४८, पथरीशनिश्चरे १८, लेटाङ्ग ८, बेलबारी २५, सुन्दरहरैंचा ३८, जहदा ७, धनपालथान २, कटहरी ५, ग्रामथान ५, केराबारी ११, बुढीगंगा ९, मिक्लाजुङ्ग ७ र कानेपोखरीमा ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

मोरङमा २०९३४ जनामा संक्रमण पुष्टि भएको थियो । १५५९० निको भइसकेका छन् । मोरङ प्रशासनले जिल्लामा संक्रमणको संख्या र मृत्युदर बढेको भन्दै बैशाख १८ गते शनिबार मध्यरातदेखि निषेधाज्ञा जारी गरेको थियो ।
निषेधाज्ञाको आदेश लागु भएपनि कार्यान्वय फितलो बन्दा प्रभावकारी बन्न सकेको छैन ।

सर्वसाधारण संक्रमणप्रति लापरवाह बन्दै समाजिक दूरी, मास्क र सेनेटाइजरको प्रयोगमा उदासिन बन्दा पछिल्लो समय मोरङमा कोरोना संक्रमितको ग्राफ उकालो चढ्न थालेको छ । कोरोना सकिए झैं गरेर स्वास्थ्य मापदण्डको पालना नगर्दा जोखिम बढ्ने खतरा रहेको भन्दै मोरङ प्रशासनले भीडभाडजन्य कार्य नगर्न र अत्यावश्यक काममा जाँदा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न मोरङवासीमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!