आइतबार, साउन १७, २०७८ || 452  पटक पढिएको
फ़ाईल तस्बिर

अघिल्लो केपी ओली सरकारले सम्झौता गरेअनुसार बंगलादेश सरकारबाट पठाइएको ५२ हजार मेट्रिक टन रासायनिक युरिया मल नेपाल आइपुगेको कुराले कृषकहरूलाई केही हदसम्म सहज भएको हुनु पर्छ । तर कृषकका लागि यतिमात्र प्रर्याप्त होइन ।

अघिल्लो वर्ष भारतसँग युरिया मल खरिद गर्ने सम्झौता गरे पनि उसले मल उपलब्ध गराउन नसकेको कारण कृषकहरू मर्कामा परेका थिए । यसको दोष भारत सरकारलाई जानुपर्ने थियो तर नेपाल सरकारलाई लागेको थियो । यस विषयमा कतिपयले मलको राजनीति भनेर पनि आक्षेप नलगाएका होइनन् ।

मल खरिद गर्ने कार्यमा संलग्न निजी कम्पनीहरूले समयमा नै कार्य गर्न नसक्दा उनीहरू समेत कारबाहीमा परेका थिए । यसरी निजी कम्पनीहरूले मल खरिद गर्न नसकेपछि सरकार आफैले बंजगलादेश सरकारसँग मल खरिदको प्रक्रिया अघि बढाएको थियो ।

वर्तममान सरकारले रासायनिक युरिया मल खरिद गर्ने जिम्मेवारीबाट मुक्त भए पनि कृषिउपजका लागि पोटास पनि आवश्यक हुन्छ । यसका लागि प्रक्रिया किन अघि नबढेको हो भन्ने बारेमा वर्तमान सरकारको चासो जानु पर्दछ । बेला बितिसकेपछि र कृषकले माग अघि बढाएपछिमात्र खरिद प्रक्रिया अघि बढाउँदा मल आइपुग्न वर्ष दिन लाग्न सक्छ । सकेसम्म सरकारले आफैं खरिद गर्नु पर्दछ । निजी क्षेत्रलाई खरिदको जिम्मा दिएमा विभिन्न समस्याहरू आउँन सक्छन् । सरकारले आफैं मल कारखाना निर्माण गरेर संचालन गर्नु अझ उत्तम हुन्छ । यो नै उपयुक्त बाटो हो ।

अझ रासायनिक मलको सट्टामा जैविक मल उत्पादन गर्न सके कृषि बालीका लागि उपयुक्त हुने थियो । यसको अर्को पनि फाइदा छ । त्यो फाइदा हो पैसा वचत हुनु । मल खरिद गर्न हाम्रो देशको पैसा अरू देशलाई दिनु पर्दैन ।
यतिखेर धानबालीमा युरिया मल आवश्यक पर्ने सिजन सुरू हुन लागेको छ । किसानहरू युरिया मल खरिद गर्न तयारी अवस्थामा रहेका छन् । युरिया मलले बालीलाई छिट्टो बढ्नमा मद्दत गर्दछ । जसबाट अन्नबाली सप्रने गर्दछ । कृषिबालीमा युरिया मलका साथै पोटास मलको पनि जरूरत पर्दछ ।

पोटास मल सरकारसँग कति मौजाद रहेको छ । त्यसबारेमा पनि आमकृषकहरूले समयमा नै जानकारी पाउन सक्नु पर्दछ । यसबारे कृषकलाई जानकारी गराउँने काम सरकारको हो । जे होस् धेरै समयपछि यस वर्ष भने कृषकले युरिया मल खरिद गर्न समयमै पाउने भएका छन् । यसो हुनु उनीहरूका लागि पक्कै पनि खुशीको कुरा हो । यस पटक समयमै मनगगे वर्ष भएकोले पनि कृषकहरू बढी खुशी भएका हुन् ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!