राम प्रेम यादब

शनिबार, साउन १६, २०७८ || 706  पटक पढिएको

मोरंगको जहदा गाउँपालिका वडा नम्बर २ मा सेभ द ट्री नामक संस्थाले वृहत बिरुवा बितरण उद्घाटन कार्यक्रम गरेको छ । डिभिजन वन कार्यलय विराटनगर र जीवन विकास संस्था कटहरीको सहयोगमा वृहत बिरुवा बितरण गरिएको हो ।

शुक्रवार स्थानीय श्री जनता मध्यमिक विद्यालय मझारेको प्रङ्गणमा आयोजना गरिएको सो कार्यक्रमका सहभागीहरुलाई १ थान विरुवा हस्तान्तरण गरिएको थियो । विरुवा वितरण कार्यक्रम तीनदिन सम्म संचालन गर्ने आयोजक संस्थाले जनाएको छ ।

वृहत विरुवा वितरण कार्यक्रम मोरंग जिल्लामा मात्र सिमित नराखि देशव्यापी संचालन गर्ने आयोजक संस्थाका अध्यक्ष तुलसी मण्डलले बताए । उनले भने हामीले किताबमा पढेका कुरालाई सके सम्म ब्यवहारमा ल्याउन चाहन्छौ । विरुवा वितरण अभियान देशव्यापी रुपमा संचालन गर्ने सेभ द ट्री को योजना रहेको उनले बताए । अध्यक्ष मण्डलले विरुवा वितरण कार्यक्रममा सहयोग गर्नेहरुलाई धन्यवाद समेत दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय जगदीश प्रसाद कुसियैतले विरुवा वितरण कार्यक्रममा सहभगी हुन पाउँदा खुशी व्यक्त गरेका थिए । उनले सेभ द ट्री संस्थाद्वारा गरिएको विरुवा वितरण कार्यलाई सराहना गर्दै मन्त्रालयबाट सके सम्मको सहयोग गर्ने प्रतीबद्धता जनाए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जहदा गापा वडा नम्बर ३ का वडा अध्यक्ष अनिल कुमार ठाकुरले हरियो वन नेपालको धन भन्ने कुरा नारामा मात्र सिमित भई रहेको बेला वन तथा बातावरण संरक्षणका लागि आ–आफ्नो जन्मदिनमा पार्टी नगरी कमसे कम एउटा बिरुवा रोप्न सबै संग आग्रह गरे । उनले आफ्नो जन्मदिनमा १० वटा बिरुवा रोप्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा जहदा गाउँपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डल, उपाध्यक्ष सालो देवी साह, जीवन विकासका संस्थापक योगेन्द्र मण्डलले वातावरण संरक्षणको लागि विरुवाको महत्वबारे आफ्नो धारण राखेका थिए ।

सेभ द ट्री का अध्यक्ष तुलसी मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा सब डिभिजन वन कार्यलय बिराटनगरका प्रतिनिधि, सबै वडाका वडा अध्यक्ष, युवा क्लबका प्रतिनिधि, समाजसेवी जितेन्द्र प्रसाद साह, बिनिता सिंह, सेभ द ट्री जहदा गाउँपालिका इन्चार्ज विष्णु राजवंशी, अनुराधा राय लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्थानिय राजबंशी र सतार जात–जातीको जातीय सांस्कृतीक झल्कने नृत्य समेत प्रस्तुत गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!