शुक्रबार, साउन १५, २०७८ || 678  पटक पढिएको

बुधबार राति आफु मुनालपथ नगएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रष्ट पारेका छन् र, आफुलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन् । उनले आफु गएको पुष्टि गरे राजनीतिक जीवनबाट सन्यास लिने समेत बताए ।
‘जहाँ म छैन, गएको छैन, पुगेको छैन, त्यहाँ छु भनेर जुन तरिकाले गलत हल्ला चलाइयो, बदनाम गर्न खोजियो भ्रममा नपर्न महानगरबासीलाई अनुरोध गर्छु’ पराजुलीले भने । व्यक्तिको घरमा गएर खोप लगाएको बारे उठेको विवाद आफ्नो नोटिसमा परेको भन्दै छानविन गरेर कारवाही अघि बढाउने उनले बताए । महानगरपालिकाले वडासमितिबाहेक कसैलाई खोप नदिएको उनले दावी गरे ।

यसअघि पनि आफुलाई बदनाम गर्न केही व्यवसायी र उद्योगीलाई खोप लगाएको आरोप लागेको स्मरण गर्दै महानगरको मेयरका हैसियतले सबैलाई समान व्यवहार गरेर खोप लगाएको र, प्राप्त भएका सबै डोजको एक–एक हिसाब राखिएको बताए । ‘म गलत काम गर्दिन र गर्न दिन्न’ उनले भने, ‘यदि कसैले ग¥यो भने कारवाहीको दायरामा ल्याउँछु ।’
आफुलाई यसअघि पनि विवादमा ल्याउने कार्य पार्टीकै केही युवाहरूले गरेको उनले आरोप लगाए ।

बुधबार राति कांग्रेस नगरस्तरीय केही नेताहरू मुनालपथ पुगे । रातको समय भीड देखेर होहल्ला सुरु भयो ।
नेका कार्यवाहक महानगर सभापति अरुण न्यौपानेका शब्दमा आसन्न अधिवेशनबारे छलफल भइरहेको थियो । अर्का आकांक्षी दीपक चापागाईंका शब्दमा त्यहाँ पार्टी संगठन होइन केही आफु निकटका लाई खोप लगाउने कार्य भइरहेको थियो र, यसको प्रतिरोध भएको हो ।

मेयर पराजुलीले खोप महानगरपालिकाले नदिएको दावी गरे र, कुनै कर्मचारी पनि नखटाएको बताएका छन् ।
यो विवादको घेरामा न्यौपाने, उपसभापति प्रविण जोशी मात्र परेनन् मेयर भीम पराजुलीलाई पनि मुछियो । स्थानियले मेयरको चर्को आलोचना गरे । यो घटनालाई आउँदो अधिवेशनमा पृथक लाइन बोकेका समूहबीच एकले अर्कालाई खुइल्याउने र, खोप वितरणमा चरम एकतर्फी निर्णय भएको रूपमा व्याख्या गरिदैछ । मेयरले आफु उक्त स्थानमा नरहेको प्रष्ट पारिसकेका छन् ।

घटना सुन्ने वित्तिकै मुनालपथ पुगेका न्यू सृष्टि दैनिकका संवाददाता प्रेम लुंगाले मेयर पराजुलीले आफुले नदेखेको बताएका छन् । केही व्यक्तिहरूले गरेको फेसबुक लाइभमा समेत मेयर पराजुली कतै देखिन्नन् । तर, होहल्ला भएपछि मेयर पछिल्तिरको बाटो समाएको बताउनेको कमी छैन । स्थानिय वासिन्दाले भने मेयर आएको र विवाद भएपछि हिडेको बताएका छन् । कतिपयले त मेयरलाई लखेटेकोसमेत बताएका छन् ।
सोसल मिडियामा मेयरको उछितो काँढिएको छ । कतिले राजिनामा समेत मागेका छन् ।
खोपका विषयमा यसअघि पनि विवाद भएका छन् । तीनपैनीको सीटी सेनेमा हलमा केही व्यवसायीलाई लगाएको बारे हंगामा नै खडा भयो । सामाजिक विकास मन्त्रालय, मुख्यमन्त्री कार्यालयले एमालेका नेता र कार्यकर्तालाई चुनेर बोलाउँदै खोप लगाएको कुरा पनि आएको थियो ।

‘कोही घण्टौ बसेर खोप लगाउनु पर्ने अनि कसैका लागि घरमै सहज वातावरण ठिक भएन भनेर मैले विरोध गरेको हुँ’ नेका युवा नेता चापागाईंले भने, ‘गल्ती हामीबाट हुन्छ भने हामी नै सुध्रने हो, खोप जस्तो संवेदनशील विषयमा कसैलाई काखा कसैलाई पाखा गर्न पाइएन, जसले गर्छ त्यसको एक भएर विरोध हुनुपर्छ ।’

यो विषयलाई लिएर कांग्रेसभित्र चरम गुटबन्दी सुरू भएको छ । विराटनगर महानगरपालिकाले वडा समितिमार्फत् खोप वितरणको व्यवस्था मिलाएको थियो । सामाजिक विकास मन्त्रालयले समेत अलग्गै खोप वितरण गर्दै आएको छ । तर, दुबै वितरणमा व्यवस्थापनमा समस्या देखिएको पक्कै हो । मात्रा कम आउने तर, लगाउने धेरै भएकाले पनि समस्या देखिएको हो ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!