रिपोर्टरको कूनो
सुनदरहरैंचाका मेयर शिवप्रसाद ढकालका एक आफन्त सखारै निजी निवास पुगे । उनी पुग्नु अगाडि मेयर निवासमा भीड लागिसकेको थियो । भीडलाई पन्छाउँदै कुनामा लगेर उनले आग्रह गरे, ‘ए शिव ! एउटा खोप चाहियो ।’
मेयरले अनुहार हेरे र, जवाफ दिए, ‘मसित घरमा छैन, अफिसमा पनि राखेको छैन, यसो गर्नुहोस् तोकिएको वडाको केन्द्रमा लाइनमा बस्नुहोस् र खोप लगाउनुहोस् ।’ मेयरले यो पनि भने ता कि भन्दा आफन्तजनले बुझ्ने छन्–मैले कुनै कर्मचारीलाई भनेर खोपको व्यवस्था गरे, यो कुरा बाहिर आयो भने मेरो विरोध हुन्छ, मैले यसो गर्दा, मेरो विरोध हुँदा तपाईं खुसी हुनुहुन्छ ?
ती आफन्त केही रिसाएजस्तो गरे । एउटा जाबो खोप पनि लगाउन नसक्ने ? के को मेयर ? भन्दै आक्रोश पोख्न थाले । मेयरले मनाउन खोजे तर, रिसाएर उनले पराजुली निवास छाडे ।
बुझ्नुपर्ने कुरा के हो भने मेयरले दुबै खोप कार्यालयमा लगाए होलान्, यो उनले पाउने सुबिधा पनि हो । तर, आफन्त, नातागोता, चिनजान भएकालाई घरमै लगाउने व्यवस्थापन भने गरेनन् कि ! अब कुनै कर्मचारी, जनप्रतिनिधिले यसो गरे भने नैतिक जिममेवारी मेयरले लिनुपर्छ तर, कतेकतै मेयरले नै यो गरेर भनेर ढोंगीको उपमा दिनु चैं अलि मनासिव भएन कि !