बाकसमा फर्किने सपनाहरू

पिडा हरेक नेपालीको

बीरेन्द्रकुमार साह

शुक्रबार, साउन १५, २०७८ || 587  पटक पढिएको

हजारौ सपनाहरू बोकी बर्षौ नै लाखौ नेपालीहरू विदेशिने गरेको छ । कतिको सपना पुरा हुन्छन् तर कति ति यस्ता सपना छन् जो बाकसमा घर फर्किने गरेको दुखद घटना हामीले देख्दै आईरहेका छौ । केहि दिन अगाडि मात्र २० वटा शव कतारबाट नेपाल आएको छ । ३ जनाको दाहसंस्कार सम्पन्न भइसकेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारमा अझै ११ जनाको शव छ । यहाँनेर धेरै सपनाको अन्त्य भएको छ ।

हालसम्म साउदीबाट २० वटा शव, मलेसियाबाट ३१ वटा शव, कुवेतबाट ७ जनाको शव नेपाली पुगिसकेको छ भने यूएईबाट ५ नेपालीको शव नेपाल पठाईसकिएको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ । रेमिट्यान्स आउँदा खुसी हुने अनि सपनाहरूको अत्त्य हुने दुईखाले विषय आजको महत्वपूर्ण बहस बन्न सकेको छैन । यी सपनाका अन्त्यलाई पनि सामान्य तरिकाले हेरिएको छ ।

ज्युँदो त आफ्नो देश आउन सकेन् मरेको लास समेत आउन सकेन । यो सोच्दा पनि मन भकानिएर रुन्छ । अझ भनौं जसले आफ्नो आफन्त गुमाए र अन्तिम पटक हेर्न पनि पाएनन त्यसको मनमा के बितिरहेको होला ?
यो बाकसमा आउने यात्रा कहिले रोकिन्छ त्यो यकिन त हामि पक्कै पनि गर्न सक्दैनौ किन कि देशको हालत अहिले यस्तै छ । सबै राजनीतिक दलका नेताहरू आफु र आफु र आफ़न्तहरुकै स्वार्थमा लिप्त छन् कहाँ फुर्सद छ र यी बाकसमा आएका सपनाहरूको बारेमा सोच्ने ? कहाँ फुर्सद छ र स्वदेशमा नै रोजगार सिर्जना गर्ने ? कहाँ फुर्सद छ ती आमाहरूको आशु पुच्छ्ने जसले आफ्नो कोख रित्याए ?

कहाँ फुर्सद छ ती अभिभावक गुमाएका नाबालाखहरूको बारेमा सोच्ने ? ए मेरो सरकार अहिलेकाही त तिम्रो ब्यस्त समयबाट हामी गरिबहरूको लागि पनि त समय निकाल हामीलाई पनि त अनुभूति गराउ हामी यहि देशको नागरिक हो भनेर । हामीलाई त बस चुनावको बेला भोट माग्ने बेला मात्र सम्झिन्छौ तिमीहरू ।

धेरै नेपाली यहि धर्तीमा केही यहि धर्तीमा मर्ने बाच्ने कसम समेत खान्छन् तर के गर्नु कसम भए जस्तो र हामीले सोचे जस्तो समय र परिस्थिति कहाँ हुँदो रहेछ । घर परिवारको समस्या र आफ्नै देशमा केहि रोजगार नहुदा भारि मन बिक्र अनि मनमा हजारौ सपनाहरू लिएर हाम्रा देशका युवाहरू विदेशीले गरेको छ ।

विदेशको धर्तीमा राम्रो काम नपाउँदा साहुबाट पेलिदा एजेन्टबाट ठगिदा हो ति सपनाहरूले त्यही दम तोड्छन् उनीहरूको सपना त पुरा हुँदैन बस ति सपनाहरू बाकसमा कैद भएर आउँछन् ।

नेपालमा रोजगार नहुँदा वा यसलाई व्यवस्थित गर्न नसक्दा, कृषिमा पनि समसामयिक आधुनिकीकरण गर्न नसक्नाले आयमा कमी हुँदा जीवन निर्वाह गर्न पनि कठिन परिरहेको छ । कारण युवाहरू बिदेशिन बाध्य छन् अब पनि यो सरकारले यो विदेशिने क्रम रोक्ने केहि योजना ल्याएनन् भने त्यो हाम्रो लागि दुर्भाग्यको कुरा हो । नेपालमा नै राम्रो रोजगारको सिर्जना गर्न भएका र, बन्द भएका ठुला ठुला उद्योग कारखान पुनः संचालन गरेर नयाँ योजना ल्याएर पनि युवाहरू विदेशिने यो क्रममा ब्रेक लगाउन सके यी सपनाहरू बाकसमा आउँने क्रम रोकिदै जाने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!