हिपमत डटकम

शुक्रबार, साउन १५, २०७८ || 524  पटक पढिएको

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने बालबालिकाको संख्या ५४ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायका अनुसार हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । यो तथ्यांक साउन १३ गतेसम्मको हो ।

पहिलो लहरमा २१ हजार ५२३ जना बालबालिका संक्रमित हुँदा दोस्रो लहरमा ३२ हजार ९३७ बालबालिका संक्रमित भएका छन् । डा. उपाध्यायका अनुसार दोस्रो लहरमा संक्रमित भएका बालबालिकामध्ये २९ हजार ७७७ जना निको भएका छन् ।

कोरोना संक्रमणबाट पहिलो लहरमा ३८ र दोस्रो लहरमा ४३ जना गरी कुल ८१ जना बालबालिकाको मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!