हिपमत डटकम

सोमबार, साउन ११, २०७८ || 615  पटक पढिएको

मुर्दाघरबाट पानी र रगतको निकास हुने थलो नहुँदा कोशी अस्पताल परिसर दुर्गन्धित बन्दै गएको छ ।
अस्तव्यस्त र सुस्त व्यवस्थापनमा नाम कमाएको कोशी अस्पतालको साँघुरो कोठामा मुर्दाघर छ । तर मुर्दाघरमा कुनै निकास विन्दु छैन । चिकित्सकहरूले पोष्टमार्टम गरेपछि शवको शरीरबाट रगत, थुक, मल, कण्डमसहितको विर्य, गिदी र विभिन्न खाले रसायन निस्कने गरेको छ । शवबाट निस्कने रगत लगायतका दुषित पदार्थलाई पोष्टमार्टम पछि पानीले सफा गरी नालामा बगाउनु पर्नेमा कोशी परिसर भित्र नै बगाउँदै आइएको छ ।

मुर्दाघरबाट नालातर्फ बगाउने निकास ठाउँ नहुँदा त्यहाँ कार्यरत सफाई कर्मचारीहरूले मुर्दाघरको सफाई गरी शवबाट निस्किएको रगत लगायतका अन्य पदार्थहरू कोशी परिसरभित्रै बगाउनु पर्ने बाध्यता छ । यसतर्फ अस्पताल प्रशासनको ध्यान गएको देखिन्न ।

मुर्दाघरबाट बगेको पानी र रगतले बेला–बेलामा कोशी परिसर रगत्याम्मे हुने गरेको छ । यसरी मुर्दाघरको फोहरजन्य पदार्थ लगायत शवको रगत परिसरमा जम्ने गरेको छ । कोशीमा आएका विरामीहरू ओपिडी वा पेडियाट्रिक, एक्स–रे विभागतर्फ जानुपर्दा मुर्दाघरबाट बगरे आएको रगत र पानी टेकेर जानु पर्ने अवस्था छ ।
कोरोनाले थलिएका सेवाग्राही उपचार गर्न कोशी अस्पताल आउने गरेका छन् । उल्टै मुर्दाघरबाट बग्ने गरेको रगत र पानीका कारण संक्रमण फैलने त्रास बढेको छ । परिसरतर्फ बगेर आउने गरेको पानी र शवको रगतलगायतका दुषितजन्य पदार्थले अस्पताल दुर्गन्धमय छ ।

कोशीका मेसु डा. चुमनलाल दासले शवको पोष्टमार्टम गरेपछि सफाईको दौरान मुर्दाघरबाट निस्कने पानी र रगत कतातर्फ बग्छ त्यो बारे आपूm अनभिज्ञ रहेको बताए । उनले मुर्दाघरको अवस्था दयनीय रहेको स्वीकार गर्दै उचित निकासका लागि ध्यान दिने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!