सोमबार, साउन ११, २०७८ || 591  पटक पढिएको
तस्बिर -बीरेन्द्रकुमार साह /हिपमत

जिल्ला प्रहरी कार्यालय मोरङले कतिपय मृत्यु प्रकरणका घटनाको उचित अनुसन्धान नगर्दा निश्कर्षमा पुग्न नसकेको भन्दै आलोचना भइरहेको बेला विराटनगर–५ स्थित बिजुली अफिस अगाडि भएको सुदर्शन न्यौपाने मृत्यु प्रकरणमा सफलता हात पारेको छ ।

विराटनगर–५ बिजुली अफिसको अगाडि मोटरसाइकलमा सुतेको अवस्थामा मृत भेटिएका सुदर्शन न्यौपानेको निधनको कारण पत्ता लगाउन मोरङ प्रहरी सफल भएको छ । साउन ४ गते मंगलबार राती साढे ८ बजेतिर धरान–विराटनगर सडकखण्डको बिजुली अफिस अगाडि न्यौपानेको शव मोटरसाइकलमा घोप्टिएको अवस्थामा फेला परेको थियो । शव हेर्न बाक्लो संख्यामा सर्वसाधारण बाक्लो वर्षातको परवाह नगरी पुगेका थिए ।

न्यौपानेको हत्या गरेर मोटरसाइकलमा थपक्क राखिदिएको, कतिपयले हृदयघातको शंका गरेका थिए ।
घटनाका बेला प्रत्यक्षदर्शी बनेका अजय तिम्सिना प्रहरीको सम्पर्कमा आएपछि न्यौपाने प्रकरणको राज खुलेको हो । न्यौपानेलाई को १ क १३३३ नं. को ट्रकले ठक्कर दिएको थियो । ट्रक धरानको वडा नं. २० देवीगाउँका रामशरण राईले चलाएका थिए । बाटोमा पानी जमेकोले बाटोको यकिन गर्न नसक्दा ट्रकले न्यौपानेले गुडाइरहेको को ४ प २३१६ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि लडेका न्यौपानेलाई ट्रक चालक र घटनास्थलमा रहेका अर्का मोटरसाइकल चालक अजय तिम्सिनाले उठाएर सडक छेउतर्फ लगेका थिए ।

न्यौपानेले ‘मलाई केहि भएको छैन’ भनेपछि ट्रक चालक राई र मोटरसाइकल चालक तिम्सिना घटनास्थलबाट हिँडेका थिए । मंगलबार राती मोटरसाइकलमा मृत अवस्थामा न्यौपाने फेला परेपछि अधिकांशले हत्याको आशंका गरेका थिए ।
राईले विराटनगर–१३ स्थित राधाकृष्ण राईस मिल छेउको कोइला डिपोबाट ट्रकमा कोयला लगायतका सामग्री लोड गरी धनकुटा सिजुवा पु¥याउँदै विराटनगर फर्कने गरेका थिए । प्रहरीको टोलीले सोही डिपोबाट साउन ८ गते राई र ट्रकलाई नियन्त्रणमा लिएको थियो ।
न्यू सृष्टि दैनिकसँग कुरा गर्दै जिप्रका मोरङका प्रवक्ता एवं डीएसपी दिपक श्रेष्ठले ट्रकको ठक्करपछि सडकमा लडेका न्यौपानेलाई उठाउन सहयोग गर्ने अर्का मोटरसाइकल चालक एवं प्रत्यक्षदर्शी तिम्सिना प्रहरीको सम्पर्कमा आएर ट्रक चालकको हुलिया बयान गरी अनुसन्धानमा सहयोग गरेको बताए । श्रेष्ठले भने, ‘हामीले सो क्षेत्रको सीसी टिभी फुटेजलाई पनि हे¥यौ, दर्जनौ व्यक्तिसँग सोधपुछ ग¥यौ र ठक्कर दिने ट्रक र ट्रक चालकलाई पक्रन सफल भयौं ।’
मलाई केहि भएको छैन भनेका न्यौपाने पुनः मोटरसाइकलमा चढेर कुदाउन लाग्दा उनको निधन भएको हुन सक्ने डीएसपी श्रेष्ठले लख काटे ।

न्यौपानेको गुत्थी सुल्झिएको दावी पछि विराटनगर–२ का रविन घिमिरे आफ्नो भाइ प्रबल घिमिरेको मृत्यु प्रकरणको रहस्यको गाँठो पनि खुल्ने हो कि भन्दै आशावादी बनेका छन् । उनले विराटनगरमा एसपी जनार्दन जिसी र डीएसपी श्रेष्ठले घिमिरे मृत्यु प्रकरणको रहस्यको पर्दा उघार्नेमा विश्वस्त देखिएका छन् ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!