हिपमत डटकम

सोमबार, साउन ११, २०७८ || 549  पटक पढिएको

दुई दिन शनिबार र आइतबारको सरकारी तथ्याङ्क हेर्ने हो भने प्रदेश नं. १ मा कोरोनालाई महामारीकै रूपमा लिन सकिन्छ ।

तर, बजार खुकुलो छ, चहलहपल उस्तै गरेर बढेको छ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।
शनिबार झण्डै ११ सय नयाँ संक्रमित फेला परे र, आइतबार झण्डै ७ सय । आइतबारको रिपोर्ट पूर्ण होइन र, धेरै ठाउँबाट संक्रमितको रिपोर्ट आउन बाँकी छ । भलै निषेधाज्ञा २ घण्टा कडाई गर्दै ८ बजेलाई ६ मा झारियो तर, संक्रमण घटेको अवस्था छैन र, चहलपहल बढेको बढ्यै छ ।

‘प्रशासनले कि टोटल निषेधाज्ञा खारेज गर्नुप¥यो, आफ्नो ज्यानको सुरक्षा आफै गर भन्नुप¥यो होइन भने १५ दिन करफ्यु लगाएर चेनब्रेक गर्नुप¥यो’

बुद्धिजीवी उपेन्द्र यादवले न्यू सृष्टि दैनिकलाई भने, ‘अहिलेको तरिकाले संक्रमण घट्ने होयन बढेको छ, मौजुदा निषेधाज्ञाको कुनै अर्थ छैन ।’

खासगरेर ग्रामिण क्षेत्रमा पीसीआर जाँच गराउने क्रम बढेसँगै नयाँ संक्रमित फेला पर्ने क्रम बढेको छ तर, सहरी क्षेत्रको सही सूचना आउन सकिरहेको छैन । विराटनगरजस्ता बढी जनघनत्व भएका ठाउँमा संक्रमण बढे पनि यकिनन तथ्याङ्क बाहिर आएको छैन ।

आइतबार प्रदेश १ मा ६७३ जनामा संक्रमण देखिएको छ । १५८५ जनाको पीसीआर परीक्षण गर्दा ४५७ र ७६७ जनाको एन्टिजेन परीक्षणमा २१६ जनामा संक्रमण देखिनु खतराको सूचक मानिन्छ ।
‘जाँचअनुसार संक्रमित जुन तरिकाले फेला परेका छन् त्यसलाई सहज मान्न सकिन्न र, हामी अति नै खतराको सूचीमा छौं’ एक चिकित्सकले भने ।

झापा १७४, मोरङ १५९, सुनसरी ८५ नयाँ संक्रमण फेला परेका छन् । इलाम र उदयपुर ६–६, संखुवासभा र ते¥हथुम ४–४, धनकुटा ३, खोटाङ २, ताप्लेजुङ, पाँचथर, भोजपुर १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको छ ।
विर्तामोड ५०, दमक ४४, शिवसताक्षी २३, अर्जुनधारा र मेचीनगर १४–१४, कनकाई १२, बा¥हदशी, गौरादह, कमल गाउँपालिका र गौरीगञ्ज ३–३, भद्रपुर र बुद्धशान्ति २–२ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ ।

लेटाङमा संक्रमित धेरै नै बढेका छन् । उत्तरी मोरङको पहाडी फेदमा स्थित यो नगरमा ४७ नयाँ संक्रमित एकै दिन फेला परेका छन् । विराटनगर ४५, सुन्दरहरैंचा र उर्लाबारी १४–१४, केराबारी १३, पथरीशनिश्चरे ७, कानेपोखरी ५, बूढीगंगा ४, बेलबारी, कटहरी र सुनबर्षीमा २–२, मिक्लाजुङ, रतुवामाई, रंगेली र ग्रामथान १–१ नयाँ संक्रमित फेला परेका छन् ।
राजमार्गको चौरस्ता इटहरीमा ६६, रामधुनी ५, धरान ४, इनरुवा ३, बर्जु, दुहवी र बराहक्षेत्र २–२ र गढी १, इलाम नगरपालिका, चुलाचुली, माई, सुर्योदय र मांसेबुङ १–१, उदयपुर त्रियुगामा ३, उदयपुरगढी २, बेलक १, संखुवासभाको खाँदबारी र धर्मदेवी २–२, ते¥हथुमको म्याङलुङ ४, धनकुटा नगरपालिका २, महालक्ष्मी १, खोटाङ बराहपोखरी र दिक्तेल रुपाकोट मझुवागढी १–१, ताप्लेजुङको आठराई त्रिवेणी, पाँचथर हिलिहाङ, भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!