सोमबार, साउन ११, २०७८ || 536  पटक पढिएको

पछिल्लोपटक एकाएक कोरोना भाइरसको संक्रमणमा बिस्तार भएको छ । कोरोना भाइरसबाट निको हुनेको संख्या भन्दा मृतकको संख्यामा दोब्बर तेब्बरले वृद्धि भएको छ । त्यस्तै कोरोना भाइरसको कारण बिरामी भई मृत्यु हुनेको संख्या पनि त्यत्तिकै रूपमा वृद्धि भएको छ ।

कोरोना भाइरसको संक्रमण प्रदेश नम्बर १ मा मात्र नभएर देशभरि नै एकै पटक बढेको हो । सरकारले जब निषेधाज्ञाको रूपमा मानिसको गतिविधिमा लगाएको बन्देज हटायो तब मानिसहरूले आफ्नो कामको गति तीव्र पारेसँगै कोरोना भाइरसको संक्रमणले पनि आफ्नो सक्रियतासँगै बिस्तार गर्न पुग्यो ।

शनिवारमा देशभरमा ३ हजार बढी कोरोना संक्रमितहरू थपिएका छन् । हजारभन्दा बढी कोरोना भाइरस संक्रमित निको भएका छन् । त्यस्तै प्रदेश नम्बर १ मा शनिवार १ हजार ९१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ३ सय सात जना कोरोना भाइरस संक्रमणबाट निको भएका छन् ।

यस दिन मृत्यु हुनेमा ८ जना छन् । कोरोना भाइरस संक्रमित हुनेमा मोरङ जिल्ला प्रदेश १ मै पहिलो नम्बरमा देखा परेको छ । यस क्रममा प्रदेशको राजधानी विराटनगरमा मात्र ६७ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
कोरोना भाइरस संक्रमित विषयमा सरसर्ती विश्लेषण गर्दा एक महीनाअघि प्रदेश १ मा एक सयको हाराहारीमा देखा परेका कोरोना भाइरस संक्रमितको संख्या एकाएक बढेर हजार नाघ्नु चानचुने कुरा हैन । कोरोना भाइरस संक्रमित हुनुमा सरकारमात्र दोषी छैन । नागरिकको पनि उत्तिकै दोष छ । सरकारले त सजकता अपनाउन आह्वान गर्ने हो । कोरोना भाइरस संक्रमित हुन नदिन खोप अभियान सञ्चालन गर्ने हो । अब नागरिक नै अराजक र लापरवाही गरेर हिंडडुल गर्न थालेपछि कस्को के लाग्छ र ।

यतिमात्र नभएर अब आउने कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरू हुन बाँकी नै छ । देशको जनसंख्या ३ करोड माथि भएको अनुमान गरिएको छ । अहिलेसम्म १३ लाख चानचुन नागरिकले मात्र पूर्ण डोज खोप लगाएका छन् । ३३ लाख नागरिकले एक डोजमात्रै लगाएका छन् । यसरी हेर्दा पूर्ण खोप लगाउनेमा जनसंख्याको चार प्रतिशत् मात्र हुन आउँछ । बाँकी ९६ प्रतिशत् मानिसले पूरा डोजको खोप लगाउनै छ ।

३३ लाख जनसंख्यालाई पूर्ण खोप लगाएमा १५ प्रतिशत् नागरिक कोरोना भाइरस संक्रमितबाट धेरै हदसम्म बच्न सक्छन् । सरकारले दु्रत गतिमा कोरोना भाइरस संक्रमण विरूद्धको खोप नागरिकलाई लगाउन सकेन भने ठूलो मानवीय क्षति हुने सम्भावना पनि त्यत्तिकै टड्कारोरूपमा देखिएको छ । त्यसैले सरकारले जतिसक्दो छिटो कोरोना भाइरस संक्रमणविरूको खोप लगाउनु पर्दछ । खोप लगाएपनि नागरिकले अझ सजग र सचेत भएर स्वास्थ्यको सुरक्षा मापदण्डलाई पूर्णरूपले पालना गर्नु पर्दछ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!