साधारण बिलमा भ्याट !

के यो जायज हो ?

हिपमत डटकम

सोमबार, साउन ११, २०७८ || 423  पटक पढिएको

सिस्टम विग्रियो भन्दैमा साधारण बिल (कागज) मा मूल्य अभिवृद्धि कर भ्याट लागू गर्नु हुन्न । तर, विराटनगरका अधिकांश होटलले सिस्टम विग्रिएको छ भन्दै ग्राहकहरूसित कुल मूल्यको १५ प्रतिशत भ्याट असुल गरिरहेका छन् ।

यो गैरकानुनी हो । एक युवा व्यापारी परिवारका साथमा बरगाछीको एक रेष्टुरेण्ट पुगेछन् । त्यहाँका कर्मचारीले सामान्य कागजमा बिल ल्याए । बिलको अन्त्यमा भ्याट जोडिएको थि

यो । व्यापारीले झोक्किएर भने, ‘मलाई भ्याट बिल दिनुहोस्, यसरी साधारण कागजमा भ्याट लिन पाइँदैन ।’
होटलवालाले सिस्टम विग्रिएको छ भनेछन् । सिस्टम विग्रिएको छ भन्दैमा गैरकानुनी काम त गर्न भएन नि ! यो समस्या एक होटलमा मात्र होइन धेरै रेष्टुरेण्ट, होटलमा छ भन्ने कुरा भ्याट कार्यालयले पनि बुझेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!