गणेश कुमार ठाकुर

सोमबार, साउन ११, २०७८ || 493  पटक पढिएको

सिरहा। प्रदेश नं.२ मा सवारी दुर्घटनाबाट एक वर्षमा ५ सय २३ जनाको मृत्यु भएको हो ।

प्रदेश नं.२ का आठ जिल्ला भरीमा ट्राफिक प्रहरी कार्यालय प्रदेश नं.२ पथलैयाले गत आर्थिक वर्षमा २ लाख ३१ हजार ३ सय १० सवारीसाधन कारवाहीमा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालय प्रदेश नं.२ पथलैयाका प्रमुख(एसपी) हिमालय कुमार श्रेष्ठको अनुसार आर्थिक वर्ष २०७७÷७८ मा कारवाहीमा परेका सवारी चालकबाट १६ करोड ७६ लाख ५ सय राजश्व सङ्कलन भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा १ लाख ९१ हजार ५ सय २६ सवारीसाधनको कारवाहीबाट १२ करोड १६ लाख ६८ हजार ५ सय राजश्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा ३९ हजार ७ सय ८४ बढी सवारीसाधन कारवाहीमा परेका छन् भने ४ करोड ५९ लाख ३२ हजार राजश्व बढी सङ्कलन भएको प्रदेश नं.२ ट्राफिक प्रहरी कार्यालय पथलैयाका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवालले जानकारी दिएका छन्।

सवारी चालकले ट्राफिक नियम उलङ्घन र ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गर्दा सवारीसाधन बढी कारवाहीमा परेका र त्यसबाट राजश्व बढी सङ्कलन भएको प्रदेश नं.२ ट्राफिक प्रहरी कार्यालय पथलैयाका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवालको भनाइ छ। ‘‘हामीले चेकजाँचमा वृद्धि गरेका हौं । जसले राजश्वसमेत बढेको छ’’, उनले भने कारवाही हुने सवारीको सङ्ख्यासमेत बढेको छ ।’’

गत वर्ष यो प्रदेशमा ३ हजार ९ सय ८३ सवारी दुर्घटना भएको थियो भने ५ सय २३ जनाको ज्यान गएको थियो । सो अवधिमा ६ हजार ४ जना घाइते भएका थिए । सडकको अवस्था, नागरिकको लापरवाही र तीव्रगतिका कारण सवारी दुर्घटना बढिरहेको र त्यसमा कमी ल्याउनका लागि सबै पक्ष सचेत हुन आवश्यक रहेको प्रदेश नं.२ ट्राफिक प्रहरी कार्यालय पथलैयाका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवालले बताएका छन् ।

कच्ची सडक सवारीको सङ्ख्यामा वृद्धि,मदिरा सेवन दुर्घटनाका मुख्य कारण छन उनले भने, दुर्घटना न्यूनीकरणका लागि सबै सचेत भएमा कमी आउन सक्छ । यहाँ ट्राफिक नियमपालना नगर्नु, भौगोलिक अवस्था, चालकको लापरवाही आदि कारणले दुर्घटना बढाएको छ ।प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशभरी विभिन्न खाले जनचेतनामूलक कार्यक्रमसमेत गर्ने गरेको छ । ट्राफिक नियमपालना गराउन पम्पलेट बाड्ने, विभिन्न सङ्घसंस्थाको सहकार्यमा सडक नाटक देखाउने र विद्यालयस्तरीय कार्यक्रम गर्ने कार्य गर्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!