
सिरहा, लहान नगरपालिका-१४ बस्तिपुर बस्ने जिवछ पासवानको छोरा ६ वर्षीय सुभाष पासवानको डुबेर आइतबार राति मृत्यु भएको छ ।

आफ्नै घरदेखि ५० मिटर टाढा रहेको पानी जमेको खाल्डोमा डुबेर घाइते भएका उनलाई उपचारका लागि लहानतर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।