रौतहट जिल्लाको साविक गाऊ विकास समिति गौरको विचमा तत्कालीन राणाकालीन शासनमा ३ सरकारको रुपमा रौतहटमा रहेका तुम समशेर जरनैलले जग्गा खरीद गरी स्थापना गरेको राईस मिल समय वित्दै जादा अहिलेको गौरको मुटु बनेका छन । चुनावको बेला राईसमिलका जग्गा अधिग्रहण गर्न स्थानीय नेताहरु चुनावी एजेन्डा बनाउने गरेको हो।

राणाकाल प्रयाप्त जग्गा आर्जन गरेका तुम शमशेरले गौरको जनताको रोजगारीको निमित भारत विहारको निर्मली निवासी चण्डी बाबू बजाज र काठमाण्डौ निवासी लक्ष्मी शंकर श्रेष्ठ संग मिलेर उद्योगको रुपमा राईस मिल स्थापना गरेको पृस्ठभूभि रहेको उक्त मिलको जग्गा प्रति नक्क्ली जग्गा धनि र भू माफियाको गिद्दे नजर परेको छ । गरीवी अवस्था भएको बेला तथा उद्योग कल कारखानाको कुनै व्यवस्था नभएको समयमा गौर ,टिकुलिया ,दोस्तिया टोल ,पूरेनवा ,कुड़वा ,लक्ष्मीपुर बेलविच्छबा , मुड़वालवा ,सिरसिया लगायतका गाउँका मानिसहरुको धान ,गहु ,मसुरो ,सहितको तेलहन बाली खरीद विक्री गर्ने ठाउँ नै राईस मिल थियो ।

२००३ सालमा स्थापना गरिएको राईस मिल २०१८ साल देखि संचालनमा आई २०३५ साल सम्म नियमित रुपमा सञ्चालन भएको मिलको रखवार रहेका अंचित पासवानको छोरा पासपत पासवानले बताएका छन ।
बड़ा हाकिम भनिने तुम शमशेर राणा शिक्षा र उद्योग प्रति रूचि राखने खालका व्यक्तित्व रहेको थियो । राईस मिलको स्थापना गर्ने व्यक्ति चण्डीबाबू बजाजले मिलको मेसिन , जस्तापत्ता लगायतका समानहरु उपलब्ध गराएका थिए भने लक्ष्मीशंकर श्रेष्ठले नगद लगानी गरेको पासवानले बताए । बुवा मैनेजर भएको बेला मिलका मालिकको कामकाज गर्दै आएको कारन जानकारी भएको बताउँदै पासवानले लक्ष्मी शंकर श्रेष्ठले निर्मली निवासी बजाजको शेयर फिरता गरी कम्पनीको डाइरेक्टर भएको थियो र अहिले सम्म पनि श्रेष्ठ नै अधिकारी निर्देशक रहेको छ ।

श्रेष्ठको २ छोराहरुमा जेठा प्रकाश श्रेष्ठ र कान्ंछा किरण श्रेष्ठ रहेको र उहाको घर काठमाण्डौको कूपनटोलमा रहेको छ । श्रेष्ठको काठमाडौ र भैरहवामा पनि होटल रहेको छ । वीरगंजमा राईस मिल स्थापना गरेको श्रेष्ठको रौतहटको गौर ,बडेरवा ,बलुवामा ६५ विघा जग्गा रहेको थियो ।
३५ साल सम्म नियमित रुपमा चलेको मिलको गोदाममा भण्डारण गरिएको चवाल ,तेलहनको चोरी गर्न गएका बेला २०३९ सालमा गौरको सरयुग मुखिया बिनको च्यापिएर मृत्यु भएको थियो । सरकारको भूमिकर तिरेर मिल बंद भएको पासवानको भनाइ रहेको छ ।

मिल सञ्चालन भएकै अवस्थामा सर्वे नापी हुदा फील्डबुकमा यो जग्गा गौर राईस मिल एंड फ्लोरको नम्बरी हो भनी नापी भई सोही आधारमा श्रेस्ता कायम भएको र अहिले पनि त्यस्तै रहेको छ ।
पूर्व न्यायधीश गोविन्द नारायण सिंहले राईस मिल तुम शमशेर जरनैल साहवले बनाएको बताएका थिए । जिल्ला सरकारी वकीलबाट न्यायधीश भएका सिंहले मिल को सम्वन्धी मुद्दा मामिला समेत हेरेको थियो ।
नगरपालिका गठन भएपछि पहिलो नगरप्रमुखको रुपमा निर्र्वािचत भएका बाबूलाल साहलाइ मिलको विच भागवाट खोलिएको बाटोको विषयमा अदालतवाट जरिवाना समेत गरिएको थियो । नगरपालिकाले मुद्दा हरेपछि विचको बाटो बन्द गरी पछिम तरफबाट मिलको जग्गा भएर अहिले बाटो सञ्चालनमा रहेको छ ।

राईस मिल आफै धनि गौरको केन्द्र विन्दुमा अवस्थित गौर राईस मिल एंड फ्लोर स्वयं आफै जग्गा धनि रहेको छ । २०२१ सालमा सर्वे हुदाका बखत जग्गा धनिको महलमा कुनै व्यक्तिको नाम उल्लेख न गरी राईस मिल एन्ड फ्लोर उल्लेख गरिएकोले कानून बमोजिमको धनि राईस मिल नै हो । मोहिको १ नंबर लगत , फील्डबुक , २ नंबर अनुसूची ,७ नंबर फाटवारी ,मालपोत कार्यालयमा कायम गरिएको स्रेस्ताले पुस्टि भैरहेको छ । व्यक्तीको नाउमा सर्वे नापी भएकोमा नापीवालाको हकदारमा जग्गा सरेर आउछ तर सस्थाको नाउमा सर्वे नापी भएको जग्गाको मालिक व्यक्ती कसरी भयो शंकास्पद रहेकोले पौडेलले केही बर्ष पहिला पेश गरेको कागजपत्र माथि मुद्दा गर्नु पर्ने देखिएको हो।

अहिलेको जग्गा धनि नक्क्ली राईस मिलको जग्गा विक्री गर्नको लागि नकली मालिक खड़ा भएको छ । राईस मिलको सस्थापकको कीर्ते कागजवाट वारेश भएका बैकुंठ पौडेल नाम गरेको व्यक्ति नक्क्ली सचिव रहेको पासवानले बताएका थिए । पौडेल लक्ष्मी शंकर श्रेस्ठको छोराको मैनेजर भएर कामकाज गर्दै आएको भएपनि मिल स्थापना भएको बेलामा जन्म समेत नभएको पौडेललाई कसले सचिव बनाएको छानविनको विषय रहेको छ । राईशमिल जग्गा अधिग्रहण गर्न स्थानीय तह देखि प्रदेश सरकारले ठुल-ठुला भाषण दिएता पनि सो जग्गा अहिले अधिग्रहण गर्न सकेका छैनन्। प्रत्येक चुनावमा राजनेताहरु सो जग्गालाई चुनावी एजेन्डा मात्र बनाउने गरेको स्थानीयहरुले बताउँछन्। राईसमिलको दक्षिण पट्टी रहेको घर भित्र फलामको मेसिनरी समानहरु थुप्रै थिए। तर केही ब्यक्तिले सो मेसिनरी समानहरु खोलेर लगेको प्रत्यदर्शीले बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!