पोखरा महानगरपालिका वडा नम्बर २५ हुदै बग्ने सेती नदीले एकजना ५ वर्षीय बालकलाई बगाएको छ।
पोखरा २५ हेम्जामा नै डेरा गरेर बस्दै आएका बुद्धि बहादुर तमाङ्का छोरालाई दिउसोको अन्दाजी ३ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २५ मसिनाबगरमा पाच वर्षीय बालकलाई सेती नदीले बगाएको हो।

बुवा आमाले काम गर्ने ठाउमा परिवार संगै गएका ५ वर्षीय बालकलाई सेती नदीले बगाएको हो। परिवारका अनुसार उनीहरु बिहानै उठेर कामको शिलसिलामा सेतीको किनारमा पुगेका थिए । आफुहरुले देख्दा काम गर्ने स्थान कै नजिकै छोरा एक्लै बालुवामा खेल्दै थिए।

बालुवा चाल्ने काम गर्दै गर्दा उनीहरुलाई किनारमा रहेका छोरा सेतीको नदिको डिलतर्फ गएको थाहा नै भएन।

बुवाका अनुसार आफुहरुले देख्दा छोरालाई नदीले बगाई सकेको र नदीमा पानीको सतह बढेको कारण छोरालाई बगाएको थोरै देखिएको भएपनि कहा पुर्यायो भन्ने अहिले सम्म थाहा भएको छैन ।

आमाको मन नै हो आफुले जन्म दिएको छोरालाई सेतीले बगाएपछि उनी ब’चाउन खोज्दै थिइन् तर अनेक प्रयास गर्दा पनि छोरालाई भेटाउन सकिएन।

छोरालाई बगाउने बित्तिक्कै बुवाले चिच्चाउदै सहयोग मागेको भएपनि सबैजना जुट्दा छोरालाई खोलाले बगाइसकेको थियो र पौडी खेल्न नजान्ने भएको कारणले आफुहरु छोरालाई उद्दारको लागि सेतीको बिच भागमा पुग्न पनि नसकेको परिवारले बताएका छन्।

यस स्थानमा ५ वर्षीय बालकलाई सेतीले बगाएको समाचार प्राप्त हुन् साथ् जिल्ला प्रहरी कास्कीको मातहतमा रहेको वडा प्रहरी कार्यालय बगरको टोली उद्दारको लागि पुगेको थियो। स्थानीय बासिन्दा र प्रहरीद्वारा अनेक प्रयास गर्दा पनि आजसम्म उनलाई भेटाउन सकिएको छैन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!