आइतबार, साउन १०, २०७८ || 709  पटक पढिएको

घरमा ४ वर्षको भाइसँग एक्लै रहेकी १८ वर्षीय युवतीले एक लुटेरालाई पक्राउ गरेर अदम्य साहसको परिचय दिएकी छन् ।

उनले महिला आत्मरक्षाका लागि सक्षम भएको उदाहरण पेश गरेकी छन् । विराटनगर–४ हिमाली टोलमा रहेको न्यौपाने किराना पसल लुट्न आएको एक लुटेराको मनसुबालाई ती युवतीले असफल मात्र पारिनन् प्रहरीको पनि जिम्मा लगाएकी छन् । युवतीको बहादुरीको चौतर्फी चर्चा चुलिएको छ ।

साउन ८ गते शुक्रबार मेलिसा घरैमा रहेको न्यौपाने किराना पसल खोलेर बसेकी थिइन् । आमा सृजना महानगरपालिकामा जागिरे छिन् । सृजना काममा जाने गरेकोले मेलिसा दिनभर जसो एक्लै पसलमा बस्छिन् । पसल खुल्लै छाडेर दिनको साढे तीन बजेतिर पछिल्लतिरको अर्को कोठामा रोइरहेका ४ वर्षीय भाइलाई ललाई फकाई गर्न मेलिशा व्यस्त बनेकी थिइन् ।

त्यतिकै गल्ला खोलेको आवाज आयो । आमा आएर गल्ला खोलेको होला भनेर खासै वास्ता गरिनन् । एकपटक हेरिहालुँ न कतै ग्राहक पो हो की भनेर मेलिसा पसलमा आइन् । पसलभित्र पसेर गल्लामा हात हालेर एक लुटेराले पैसा निकालिरहेको देखिन् ।
सुरूमा त डराईन् तर हिम्मत बटुल्दै पसल भित्र गल्लाबाट रकम झिकिरहेको लुटेराको हात च्याप्प समातिन् । लुटेराले भाग्न धेरै कोसिस ग¥यो तर मेलिसाले उम्कन दिइनन् । लुटेराले लुटेको रकम भुईँमा झा¥यो । लुटेराले समातिएको आफ्नो हात छुटाउन भएभरको प्रयास ग¥यो तर मेलिसाको पञ्जाबाट फुत्किन सकेन । लुटेरा र मेलिसाबीच द्वन्द्व चलिरहेको बेलै जागिरबाट आमा सृजना पसलमा आइपुगिन् ।
छोरीले ती लुटेराको हात पक्रिरहेको देखिन् र आफू पनि गएर दरोसँग लुटेरालाई समाईन् र झापड लगाइन् । छिमेकी र बटुवाको भीड पसलमा लाग्यो । प्रहरीलाई बोलाइयो र लुटेरा जिम्मा लगाइयो ।

आमा सृजनाले छोरीले एक्लै लुटेरालाई रकम लुट्दा लुट्दै पक्राउ गरेर निर्भिकताको परिचय दिएको बताइन् । बच्चादेखि नै मेलिसाको स्वभाव हक्की रहेको सृजना बताउँछिन् । चिसो पेय पदार्थ किन्नका लागि मेलिसालाई मोटो रकम जिम्मा दिएको र सो रकम पनि त्यसदिन मेलिसाले गल्लामा नै राखेको सृजनाको भनाई थियो । मेलिसाले न्यू सृष्टि दैनिकसँग कुरा गर्दै पसलको गल्लामा हात हालेर रकम खोतलिरहेको अवस्थामा नै रंगेहात पक्राउ गरेको बताइन् ।

मेलिसाले गल्लाबाट लुटेर हातमा च्यापेको १५ सय रूपैयाँ लुटेराले भुईमा झारेको बताइन् । उनले लुटेरा देखेर सुरूमा डर लागेपनि साहस गरेर लुटेरासँग भिडेको बताईन् । मेलिसाले भनिन्, ‘लुटेराको हात समाए, फुत्काउन खोज्यो तर मैले लुटेरालाई उम्किन दिइन ।’
भीडले लुटेराको नाम सोद्धा उनले शान्तिचौक विराटनगर–१ बस्ने कानु सहनी बताए । मेलिसा, अमा सृजना र छिमेकीहरूले नियन्त्रणमा रहेको लुटेरालाई प्रहरी बोलाएर जिम्मा दिए । मेलिसाको साहसको कदर स्थानिय सरकार र प्रशासनबाट हुनुपर्ने माग छिमेकीहरूले उठाएका छन् ।

 

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!