ठूलो कामको तारिफ हुनै पर्छ !

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 465  पटक पढिएको

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले ठूलै काम गरेका छन् । तारिफ हुने पर्छ, मान्नै पर्छ उनलाई ।

योभन्दा ठूलो काम न उनीभन्दा पहिला आएका प्रमुखले गरेका थिए न त गर्नेछन् सायद !
पोखरेलले गरेको ठूलो कामको जमेर तारिफ हुनै पर्छ भनेर पुनः किन पनि दोहो¥याउन मन लाग्यो भने कामै त्यस्तो गरेका छन् । पहिलेका प्रमुखले महङ्गोमा खरिद गरेको पानी पिउँदै आएका थिए । पोखरेलले ६० पर्ने १ थान पानीको जारलाई कार्यालय प्रायोजनका लागि ५० रूपैयाँमा खरिद गर्न थाले रे ! ओहो ! धेरै मोटो रकम जोगियो । लाखौं÷करोडौंकोदाल जे सुकै होस् तर, कार्यालयलाई पानीमा १० रुपैयाँ बच्यो ! यो भन्दा महत्वपूर्ण काम अरू के हुनसक्छ ?

उनले कार्यालयका लागि प्रतिजारमा १० रूपैयाँ बचत दिएका छन् । कार्यालयको ०७७÷०७८ को कार्यसम्पादन विवरणमा पानीको दर घटाएको भन्दै उपलब्धीमूलक सूची उल्लेख गर्न समेत भ्याएका छन् । स्यावास ! त्यसैपनि पोखरेल बचाउनलाई माहिर मानिन्छन् । अखाद्य दाल बेच्नेलाई पनि त उनले बचाएकै हो । दाल जफथ गरेर नष्ट गर्नुपर्नेमा फर्काउन सहयोग गरेकै हुन ।

तर कार्यालयमा पानी बेच्ने व्यवसायीलाई फकाएर मूल्य घटाइएको हो कि धम्क्याएर त्यो उनैले जानुन् । पानीको जारका लागि १० रूपैयाँ बचाउनेले अरू के–के र कसकसलाई बचाउने हो त्यो हेर्न बाँकी नै छ है । बाच्नुपर्छ साथी, यो संसारमा धेरै कुरा देख्न पाइन्छ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!