
बिराटनगर। संक्रमित संख्या बढ्न थालेपछि खुकुलो बनाइएको निषेधाज्ञा समय पुनः परिवर्तन गरिएको छ ।
यसअघि ८ बजेसम्म संचालन गर्न पाइने व्यवसाय अब साँझ ६ बजे बन्द गरिसक्नु पर्ने छ ।

खासगरेर होटल, रेष्टुरेण्ट, विभिन्न प्रकारका पसल र व्यवसायहरू ६ बजे बन्द गरिसक्नुपर्ने छ । चोकमा लाग्ने हाटबजार पनि चालू छन् ।
मोरङमा दैनिक सरदर सयभन्दा बढी नयाँ संक्रमित देखा परिरहेका छन् र, प्रदेश नं. १ मा यो संख्या ४ सयभन्दा बढी छ । तेस्रो भेरियण्ट भारतमै देखा परेको र, यसको प्रभाव नेपालमा पनि आउन सक्ने मानिएको छ । एकातर्फ व्यवसाय समय परिवर्तन गरिएको छ तर, मोरङ प्रशासनले रानी मुख्य नाकाबाहेक अन्य नाका खुल्ला गरेको छ ।
संक्रमणको विस्तारअनुसार मोरङमा कडाईतर्फ कुनै प्रयास भएको छैन । नियम एकातर्फ बनाइन्छ तर, यसको घोर उल्लंघन भइरहेको छ, प्रशासन र प्रहरी यसमा मौन देखिन्छ ।