
मिती २०७८।०४।०९ गते अन्दाजी ००:३० बजेको समयमा जिल्ला नवलपरासी मध्यबिन्दु नगरपालिका-१५ चोरमारा- अरुणखोला जङ्गल स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.३-०१-०२४च ६३८१ नं.को बोलेरो र पश्चिम पूर्व आउदै गरेको रा १ ख ७६९ नं.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ।

दुर्घटना हुँदा ट्रक चालक जिल्ला सल्यान सारदा नगरपालिका-५ बस्ने वर्ष २६ को घनश्याम बुढाथोकी, बोलेरो चालक जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-९ बस्ने वर्ष २८ को मनिष तिमिल्सिना र बोलेरोमा सवार ऐ.बस्ने वर्ष २३ को रन्जित माझी घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ।
घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको ।