हिपमत डटकम

शुक्रबार, साउन ०८, २०७८ || 727  पटक पढिएको

नोबेलपछि काठमाडौं अनि अब नेपालगञ्ज मेडिकल कलेज २०० करोडमा ५५ प्रतिशत सेयर

स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिदैं आएका डा. सुनिल शर्माले एकपछि अर्को लगानी बढाउँदै लगेका छन् ।
नोबेल मेडिकल कलेजको सफलतम संचालनपछि डा. शर्माले केही महिनाअघि काठमाडौं मेडिकल कलेजको बहुसंख्यक सेयर लिएका थिए । अब उनले नेपालगञ्ज मेडिकल कलेजको स्वामित्व पनि ग्रहण गरेका छन् । व्यवस्थापन कमजोरीले लथालिङ्ग भएको उक्त कलेजलाई संचालन गर्न डा. शर्माले विभिन्न योजना बनाएका छन् र, कलेजको अहितमा हुने कुनै पनि निर्णय स्वीकार नगर्ने भएका छन् ।

शर्मासँग अब तीन मेडिकल कलेजसहित चार ठूला अस्पताल छन् ।
डा. शर्माले नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत सेयर खरिद गरेका छन् । उनले उक्त सेयर २ सय करोड अर्थात् २ अर्बमा किनेका हुन ।

सूत्रका अनुसार डा. शर्माले नेपालगञ्ज मेडिकल पहिले नै किन्न चाहन्थे र, केही प्राविधिक समस्या आएर रोकिएको थियो । यसैबीच उनले ३ महिनाअघि काठमाडौं मेडिकल कलेजको बहुसंख्यक स्वामित्व खरिद गरे ।
मेडिकल कलेज संचालनमा अनुभव प्राप्त र सफल देखिएका डा. शर्माको व्यवस्थापकीय कौशल राम्रो छ । नेपालगन्ज मेडिकल कलेजमा डा. सुरेशकुमार कनौडियालगायतको लगानी थियो । कनौडियाले मोटो रकम लगानी गरे पनि मेडिकल कलेज चलाउन सकेका थिएनन् । नेपालगंजमा पत्रकारहरूसित कुरा गर्दै आफुले चलाउन नसकेको र बढी राजनीति भएको उल्लेख गर्दै भने, ‘अब यो मेडिकलको बहसंख्यक हिस्सा डा. सुनिल शर्माको नाममा गएको छ, उहाँले यसलाई कुशल व्यवस्थापनका साथ चलाउनुहुनेछ ।’

काम भन्दा बढी राजनीति भएकाले नेपालगञ्ज मेडिकल कलेज असफल भएको समाचार यसअघि पनि आएको थियो । कलेजमा निन्तर अशानित,हड्ताल हुँदै आएको थियो । डा. शर्माले उक्त कलेजमा पूरै टिम परिवर्तन गर्ने योजना बनाएका छन् । काठमाडौं र विराटनगरबाट सशक्त टिम नेपालगञ्ज पठाउने तयारी डा. शर्माको छ ।

डा. शर्मा कांग्रेस महासमिति सदस्य हुन र, उनी गएको प्रतिनिधिसभा निर्वाचनमा भानुभक्त ढकालसित झिनो मतान्तरले हारेका थिए । उनी स्वास्थ्य क्षेत्रसँगै राजनीति र सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन् ।
शून्यबाट माथि उठेका डा. शर्माको यो उपलब्धी लोभलाग्दो छ । ३ दशकअघि क्यारेमबोर्ड खेलाउने, रत्नपार्कमा सामान बिक्री गर्ने काम समेत गरेका शर्माले पछिल्लो डेढ दशकमै चकत्कारी आर्थिक उपलब्धी हासिल गरेका छन् । उनले पैसा कमाउने मात्र होइन हजारौं जनतालाई निःशुल्क स्वास्थ्य सेवा गरेर सााजिक कार्यसमेत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!