सर्लाही। बालबालिका माथी हुने दुर व्यवहार न्यूनिकरणका लागी सरोकारवाला संगको सम्वाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । राष्ट्रिय अन्तरधार्मिक संजाल (निरन) नेपाल ललितपुरको आयोजनामा जुम प्रबिधिबाट कार्यक्रमको आयोजना गरिएको हो । बालबालिका सरोकारवालाहरुले समस्याको बारेमा चर्चा गरिएको थियो । नेपालमा देशव्यापी समस्याको रुपमा बालबालिकामाथि हुने हिंसा दुर्ववहारका साथै बालबालिकाको हक अधिकारको बारेमा सम्वाद गरेका छन् ।

सम्वाद कार्यक्रममा बाल क्लबको तर्फबाट रबि किसन पासवान,अनुस्का महतो र मोनिका यादवले बालबालिकाको अवस्था बढ्दो दुर्ववहारका बारेमा बिचार राखेका थिए । निरन नेपालका केन्द्रिय अध्यक्ष हर्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश,जिल्ला,नगर स्तर बालबालिका धार्मिक अगुवा, सरोकारवाला बिच कार्यक्रम आयोजना गरिएको कार्यक्रम अफिसर आशिष चौधरीले जानकारी दिए ।

रौतहट गौर नगरपालिका महिला तथा बालबालिका प्रमुख सलोनी केसहरी, सर्लाही हरिपुर शाखा नगिना साह लगायत सयौंको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन निरन नेपालका पि.सी नहलदा बनुले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!