हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 518  पटक पढिएको

भिन्डी स्वादिलो र स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसमा भिटामीन ए, सी, बी ६, डी, क्याल्शियम, पोटाशियम, म्याग्नेशियम, फसपोरस, बीटा क्यारेटीन, आइरन र एन्टी अक्सीडेन्ट्स गुणले भरिपूर्ण हुन्छ ।
यसको सेवन गर्नाले रोग प्रतिरोधक क्षमता तिव्रताका साथ बढ्छ । यसले विभिन्न रोगबाट बचाउँछ । पोषक तत्वले भरिपूर्ण भिन्डी स्वास्थ्यका साथै छालालाई राम्रो बनाउनका लागि पनि फाइदाजनक छ ।

भिन्डीले पाचन तन्त्रमा शुगर अवशोषण गर्ने दरलाई नियन्त्रण गरेर मधुमेहलाई नियन्त्रित राख्न सहयोग पुर्याउछ । त्यसैले सुगरका विरामीले भिन्डीको सेवन गर्नु लाभदायक हुन्छ । भिन्डीमा समावेश पेक्टिन घुलनशील फाइबर शरीरमा कोलेस्ट्रल कम गर्छ । यसले मुटुको कार्य राम्रोसंग गर्न सहयोग पुग्छ । यसको साथै भिन्डीले मुटु सम्बन्धि रोगको चपेटामा आउने खतरा पनि कम गर्छ ।

गर्मीमा भिन्डीको सेवन गर्नाले प्रतिरोधक क्षमता बढाउँछ । यसल शरीरलाई भाइरल इन्फेक्शनसंग लड्न सहयोग गर्छ । यसले रुघा–खोकि र मौसमी रोगहरुसंग लड्ने शक्ति प्रदान गर्छ । भिन्डीमा समावेश पोषक तत्व र एन्टी ओबेसिटी गुण हुन्छ । यसको सेवनले वजन नियन्त्रित हुन्छ । यले वजन बढ्न रोक्छ । मोटोपनबाट चिन्तित मानिसले भिन्डीलाई आफ्नो नियमित भोजनमा समावेश गर्नु पर्छ ।

गर्मीमा प्रायस् मानिस पाचन सम्बन्धि समस्याले चिन्तित हुन्छन् । फाइबरले भरिपूर्ण भिन्डिको सेवन गर्नाले पाचन तन्त्र बलियो हुन्छ । यसको सेवनले पेट सम्बन्धि समस्याको चपेटामा आउन दिँदैन । आँखाको ज्याती यथावत राख्नका लागि भिन्डीको सेवन फाइदाजनक मानिन्छ । यसमा समावेश बीटा केरोटीन आंखालाई स्वास्थ बनाउन सहयोग गर्छ । विशेष गरेर घण्टौ कम्प्यूटरमा काम गर्ने मानिसका लागि भिन्डीको सेवन गर्नु आवश्यक छ ।

भिटामिन ए र सीले भरिपूर्ण भिन्डी छालाका लागि फाइदाजनक मानिन्छ । यसले मृत छालाको कोषिकालाई रिपेयर गरेर छालालाई गहिराईबाट पोषित गर्छ । चम्किलो र स्वास्थ छालाका लागि दिनहुको भोजनमा भिन्डीको सेवन गर्नु अति नै आवश्यक छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!