हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 663  पटक पढिएको

सन् २०५० सम्ममा पानीको प्रयोग मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुनसक्छ । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने छ ।

सन् २०५० सम्ममा अहिलेको हिसाबले तापक्रम वृद्धि हुने हो भने पृथ्वीमा आठ देखि १२ प्रतिशतसम्म पानीको मात्रामा वृद्धि हुनसक्छ । अहिलेको तापक्रम वृद्धिदर नियन्त्रणका उपाय अवलम्बन नगरिए सन् २०५० सम्ममा पृथ्वीको तापक्रम थप एक दशमलव तीन डिग्री सेल्सियसदेखि एक दशमलव आठ डिग्री सेल्सियससम्म पुग्नसक्छ । अहिलेसम्म पृथ्वीको आर्सम तापमान (औद्योगिकीकरण समयपछि) करिब एक डिग्री सेल्सियसले वृद्धि भइरहेको छ ।

सन् २०१५ मा भएको पेरिस सम्झौताले पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएको छ । अहिले नेपालमा भएका ८० प्रतिशतभन्दा बढी विपद्का घटना जलवायु परिवर्तनको प्रभावले भएको मानिन्छ । नेपालमा भएका सुक्खा खडेरी, पहिरो, हिमताल विस्फोटन र तापक्रम वृद्धिका घटनाहरुको मुख्य कारण नै जलवायु परिवर्तन हो ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका अनुसार नेपालमा करिब ३२५२ हिमनदी र २३२३ हिमताल छन् । धेरैजसोको आकारमा परिवर्तन आइसकेको छ र, २० हिमताल जोखिममा छन् । सन् १८८० देखि २०१२ सम्ममा पृथ्वीको औसत तापक्रम शुन्य दशमलव ८५ डिग्री सेल्सियसले बढिसकेको छ र, यो क्रम जारी छ । पृथ्वीको आर्कटिक क्षेत्रको समुद्री बरफ प्रतिदशक ३ प्रतिशतले घटिरहेको छ । सन् १९०० देखि २०१९ को अन्त्यसम्मको समयावधिमा समुद्री सतह शून्य दशलमव १८ देखि शून्य दशमलव दुई मिटरले बढेको छ ।

यो सामाग्री आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!