हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 869  पटक पढिएको
ब्रह्मदेव यादव

पहिले अभिभावक मोबाइल दिन डराउँथे–केटाकेटी विग्रन्छन् ।
हो, अहिले मोबाइल दिइएको छ, अनिवार्य भयो नै तर, यसले आम रूपमा विद्यार्थीलाई समस्यामा पारेको छ । विराटनगरका विद्यालयहरूमा अध्ययनरत विद्यार्थी अनलाईन कक्षामा अनुपस्थित रहने गरेका छन् तर, उनीहरू मोबाइल फोन भने प्रयोग गरिरहन्छन् । अभिभावक हैरान छन् ।
घण्टौ समयसम्म शिक्षकले बोर्ड मार्फत एकहोरो अध्ययन अध्यापन गराइरहँदा विद्यार्थी झर्को मान्दै कक्षामा अनुपस्थित रहने गरेका छन् । विद्यार्थीको कम्प्युटर, ल्यापटप र मोबाइल स्कुलको शिक्षकको कक्षासँग जोडिएपनि विद्यार्थी कम्प्यूटर, ल्यापटप र मोबाइलमा नबसेर टिभी हेर्ने, आँगनमा घुमफिर गर्ने, दिसा पिसाबको बहानामा घरीघरी कक्षा मिस गरिदिने गरेका छन् ।

कोभिड–१९ महामारीका कारण विराटनगरका सरकारी तथा गैर सरकारी विद्यालयहरूले अनलाईन मार्फत कक्षा संचालन गरिरहेको छ । सरकारले ०७६ साल चैत ११ गतेदेखि देशमा लकडाउन लागु गरेदेखि नै केहि समय पूर्ण रूपमा बन्द रहेको विद्यालय पछि अनलाईन मार्फत कक्षा संचालन गर्न थालेको छ ।
अनलाईन मार्फत नै शैक्षिक सत्र ०७६ को परीक्षा लिएर परीक्षा फारम प्रकासित गरेका विद्यार्थीहरूलाई २०७८ सालको शैक्षिक सत्र को कक्षा अनलाईन मार्फत संचालन गरिरहेको छ । विद्यालयका शिक्षकहरूले आफू अनुकुल कुनै समय विद्यालयमा बसेर अध्ययन अध्यापन गराउँदै आएका छन् भने कुनै समय विद्यालयले आधा तलब दिएको झोँकमा स्कुल नपुगी घरैबाट कक्षा संचालन गर्ने गरेका छन् ।

शिक्षक शिक्षिकाले अनलाईन कक्षा संचालन गर्नु अघि कक्षामा भर्ना लिएका सम्पूर्ण विद्यार्थीहरूको फोटो पनि हेर्छन्, हाजिरी गराउँछन् । शिक्षक शिक्षिका एकोहरो भएर बोर्ड तिर फर्केर पढाइरहँदा आधाभन्दा बढि विद्यार्थी गायब भइसकेका हुन्छन् । अन्तिम अन्तिम क्षणमा सम्पूर्ण मनोरञ्जन गरिसकेर केवल हाजिरीका लागि विद्यार्थी पुनः स्क्रीन अघि प्रकट हुने गरेका छन् ।

शिक्षक शिक्षिकाले पढाइरहँदा अचानक विद्युत अवरोध हुँदा नेट पनि जान्छ । पढाइको शिलशिला विद्युतका कारण तोडिँदा अधिकांश विद्यार्थीले पुनः शिक्षक शिक्षिकासँग जोडिन झर्को मान्ने गरेका छन् । शिक्षक शिक्षिकाले अनुपस्थित रहेका अभिभावकको मोबाइलमा कम्प्लेन पठाउने गरेका छन् । तर अभिभावक कोरोनाको तनावका कारण आफै थलिएको हुँदा शिक्षक शिक्षिकाको कम्प्लेनलाई खासै महत्व दिँदैनन् ।

कोभिड महामारीका कारण सिकायत गरिएका विद्यार्थीलाई प्रत्यक्ष रूपमा स्कुलमै लगेर शिक्षक शिक्षिकाकै अगाडि उभ्याएर कारवाही र दण्ड सजाय गर्ने कुनै अवस्था नभएकाले त्यसको भरपुर फाइदा विद्यार्थीले उठाएका छन् भने विभिन्न बहानामा विद्यालयको असुली धन्दालाई केहि ले पनि नछेकेको भन्दै अभिभावक चिन्तित बन्ने गरेका छन् ।
प्रशानसले विद्यालय बन्द भनेर फुक्यो तर शैक्षिक सत्र २०७८ को आगमनसँगै विद्यालयले जेठ को फिस मिनाहा गरेपनि असारदेखि एकमुष्ठ अग्रिम रकम असुली गरिरहेको छ । के का लागि असुली भनी विद्यालयमा सोधीखोजी गर्दा विद्यार्थी भर्ना र अनलाईन कक्षा संचालन भन्दै रकम माथि रकमको ताकेता गरिरहेको छ । अनलाईन मार्पmत अध्ययन गरिरहेका विद्यार्थीका प्रत्येक अभिभावकले कोभिडको जोखिमा पनि ऋण खोजेर भएपनि विद्यार्थीको भर्ना शुल्क भुक्तानी गरिरहेको छ ।

यसबाहेक विद्यार्थीको किताबदेखि लिएर अनलाईन पढ्नका लागि कम्प्यूटर, नेट अनिवार्य भएकोले अभिभावकले तनावमा रहँदै खोजखाज गरेर मोटो रकमको जोगाड गरेका छन् । विद्यालयले विद्यार्थीहरूबाट मासिक रूपमा मोटो रकम असुली गरेपनि शिक्षक शिक्षिकालाई अनलाईन मार्फत कक्षा संचालन गरेको भन्दै आधा तलब मात्रै दिने गरेको छ ।
शिक्षक शिक्षिकाले जति रकम पाएका छन् त्यतिनै अध्ययन अध्यापन गराउने मूडमा रहेकाले गुणस्तरीय शिक्षा बाट विद्यार्थी बञ्चित छ । शिक्षक शिक्षिकाले आफू अनुकुल भएको बेला विद्यालयमा पढाउने र झर्को र तनाव भएको बेला घरैबाट पढाउने, कहिलेकाँही रूघाखोकी लाग्यो भनेर कक्षा नै संचालन नगर्ने प्रवृत्ति कम तलबको उपज हो

यो लेख आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!