हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 824  पटक पढिएको

काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले अदालतको फैसला विश्वकै नमुना रहेको बताएका छन् । उनले सर्वोच्चले प्रतिनिधि सभा विघटनका गरेको फैसलाले नेपालको नजिर विश्वका लागि अब उदाहरणीय बनेको बताएका हुन् ।

उनले भने, ‘अहिलेको अदालतले गरेको व्याख्या संसारकै नमुना छ । हिजो बेलायत, भारत, अमेरिका, पाकिस्तानका नजिर हामीले पढ्थ्यौं। अब बेलायतले नेपालको नजिर पढ्दैछ। विश्वका अरु देशले यसलाई नमुना बनाउँछन् ।’

बिहीबार राष्ट्रिय सभामा बोल्दै उनले सडक विरोध प्रदर्शन गरेर एमालेले कोरोना फैलाउन खोजेको आरोप लगाएका छन् । उनले संविधानको अन्तिम व्याख्याको अधिकार अदालतलाई दिइएको बताउँदै, उक्त फैसालाको विरोधमा उत्रनु गलत भएको भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!