नेपाली कांग्रेस मोरङले सुनवर्षि नगरपालिका वडा नं ९ डायनिया स्थित वीपी सेवा केन्द्रमा वृक्षारोपण गर्दै ३९ औं वीपी स्मृति मनाएको छ ।

पार्टीका जिल्ला सभापति डिकबहादुर लिम्बूले कांग्रेसको १४ औं महाधिवेशनको नजिकिएको सन्दर्भमा वीपी विचारको महत्व अझ बढेको चर्चा गरे । लिम्बूले भने,“ वीपीले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा पाटीलाई लानु पर्ने बताए।” अहिलेको परिस्थितिमा वीपीले स्थापित गरेका मान्यताहरु थप महत्वपूर्ण भएको लिम्बूले बताए ।

स्मृती समारोहोमा पूर्वमन्त्री दिलिप गच्छदार ,पार्टीका जिल्ला उपसभापति शिवनारायण सिंह गनगाई, पुर्व जिल्ला सचिव यदु बिष्ट, क्षेत्रीय सभापति नागेश्वर सिंह सहितका जिल्ला भरीका सयौं नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

त्यस अवसरमा बोल्ने अधिकांश वक्ताले वीपीको विचारबाट कांग्रेस पछि हट्न नहुने बरु व्यवहारिक रुपमा कार्यान्वयन गर्दै लैजानु पर्ने सुझाव दिए ।  फोटो  :-बिरेन्द्रकुमार साह

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!