काठमाडौँ । संचारकर्मी सुर्य चन्द नेपाली कांग्रेस तरुण बिभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजकमा मनोनयन भएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्रि एबम तरुण बिभाग प्रमुख शंकर भण्डारीले संचारकर्मी चन्दलाइ एक कार्यक्रम बीच तरुण बिभागमा स्वागत गर्दै मनोनयन पत्र हस्तान्तरण गरेका थिए।

संचारकर्मी सुर्य चन्द बिगत २ दशक भन्दा बेसी समय देखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा योगदान गर्दै आएका युवा नेता हुन्। संचार क्षेत्रलाइ राम्रो संग बुझेका सुर्य चन्दले सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका छन्। विभिन्न संघ संस्थामा समेत आबद्ध रहेर काम गर्दै आएका उनि नेपाली सिने उधोगका लोकप्रिय कलाकार तथा म्युजिक भिडियो निर्देशक हुन्। युवा नेता सुर्य चन्दले विभिन्न अवार्ड, इभेन्ट, मेला महोत्सबको आयोजना गर्दै युवा वर्गलाइ स्वरोजगार बनाउने देखि देशको आर्थिक बिकाशमा समेत योगदान पुर्याउदै आएका छन्।

तरुण नेता सुर्य चन्दलाइ नेपाली कांग्रेस केन्द्रीय तरुण बिभागको निर्णय अनुसार ूप्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह(संयोजकूमा मनोनित गरिएको नेपाली कांग्रेस तरुण बिभाग प्रमुख एवम पुर्व मन्त्रि शंकर भण्डारीले बताएका छन् ।

आफुले पाएको जिम्मेवारी प्रति निष्ठावान ढंगले कार्यसम्पादन गरी पार्टी, संगठन तथा बिभाग प्रति पूर्ण बफादार रही तरुणहरुलाई गतिशिल बनाउन लागि पर्ने कुरा युवा नेता सुर्य चन्दले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!