
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका वडा न-१ हिक्मतनगर स्थित श्री हिक्मत सामुदायिक प्राथमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सोमबार पाठ्यपुस्तक वितरण गरिएको छ ।

रामनगर गाउपालिका उपाध्यक्ष नितु देवी यादवको अध्यक्षतामा आयोजित कार्यक्रमका बिच विद्यालयका प्राधानाध्यापक दिगम्बर झा द्वारा पाठ्यपुस्तक वितरण गरिएको हो । सोमबार दिउँसो विद्यालयको प्रांगणमा आयोजना गरिएको पाठ्यपुस्तक वितरण कार्यक्रममा विद्यालयका शिक्षक ,शिक्षिका ,विद्यार्थीहरु लगायत स्थानीय रकटु महतो, संतोष यादव ,राम पुकार यादव,अभिनन्दन सहनीको उपस्थिति रहेको थियो ।
कक्षा ३ सम्म संचालित उक्त विद्यालयमा ७५ जना छात्रछात्राहरु हाल अध्यनरत रहेको संचारकर्मी रामपुजन साहले जनाएको छ ।