
सुनसरी। सुनसरीको इटहरीमा जथाभावी अव्यवस्थित हाटबजार भएको भन्दै इटहरी स्थित बुधबारे हटियामा कोलिस्टोर सहितको अत्याधुनिक कृषि बजार सञ्चालनमा ल्याउने भएको छ।

प्रयोगमै नआएको पशु बधशाला भएको क्षेत्रलाई स्तरउन्नती गर्दै कोलिस्टोर सहितको आधुनिक कृषि बजार सञ्चालनमा ल्याउने इटहरी उपमहानगरले तयारी गरेको हो । इटहरी उपमहानगरपालिका,प्रदेश सरकार र संघिय सरकारको गरि करिब १० करोडको लगानीमा अत्याधुनिक कृषि बजार सञ्चालनमा ल्याउने इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताईन ।
कृषि बजारलाई व्यवस्थित गर्न आधुनिक कृषि बजार निर्माणको काम गरिने उपमेयर गौतमको भनाई थियो । कोलिस्टोर सहितको आधुनिक कृषि बजारको लागि १० करोडको लागि डिपिआर बनाएर प्रदेश सरकार र संघिय सरकारलाई दिएको र बजेट समेत छुट्याईएको र ठेक्का लाग्न मात्र बाँकी रहेको उपमेयर गौतमले बताउनुभयो।
इटहरी उपमहानगरपालिकाले दुई करोड १२ लाख ,संघिय सरकारको दुई करोड १२ र प्रदेश सरकारले १ करोड यही बर्ष छ्ट्याएको उपमेयर गौतमले बताईन । आधुनिक कृषि बजारमा होलसेलका ठुला ठुला गोदामहरु समेत रहने छन गौतमका अनुसार सोही ठाउँमा बशशालालाई पनि व्यवस्थित तरिकाले बध गर्ने गरि संरचना निमार्ण हुने उनको भनाई रहेको छ।