हिपमत डटकम

मंगलबार, साउन ०५, २०७८ || 677  पटक पढिएको

जबरजस्ती करणी उद्योगका फरार आरोपीलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–८ घर भएका ४१ वर्षीय बिजय थुलुङ राईलाई पक्राउ गरिएको जिप्रका उदयपुरका प्रवक्ता (डिएसपी) वेद प्रसाद गौतमले बताए ।

बिजय थुलुङले २०७३ माघ १८ मा स्थानिय महिलालाई बलात्कार गरेको आरोप छ । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीको अनुसन्धान प्रतिवेदन सहित सरकारी वकिल कार्यालयले उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ । राईलाई अदालतमा उपस्थित गराइने डिएसपी गौतमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!