हिपमत डटकम

मंगलबार, साउन ०५, २०७८ || 1265  पटक पढिएको

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमी व्यवस्थापन समितिबाट तिन पदाधिकारीहरुले एकै साथ राजीनामा पत्र दिएका छन् ।

समितिमा रहेका दिनेश व्यञ्जनकार, सहायक महासचिव अरुणमान जोशी, सहकोषाध्यक्ष राजेन्द्र न्यौपानेले आज एन्फा महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा पत्र बुझाएका छन्।

२०७७ मंसिर २५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट एन्फा होस्टल, खेल मैदान, व्यस्थापनसहित एन्फा परिसरमा फ्लड लाइट र सोभिनियर सप निर्माण गर्न दिएको जिम्मेवारीलाई स्वीकार गर्दै काम गरिरहे पनि कार्यव्यस्तताको कारण आजको मितिबाट नै राजीनामा दिएको एन्फालाई बुझाएको पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!