
माेरङकाे रंगेली नगरपालिका ७ मा स्थापना भएको ग्राम लक्ष्मी बहुउद्देश्यीय सहकारीले एक कार्यक्रमकाे आयोजना गर्दे कृषकहरुलाई चेक हस्तान्तरण गरेको छ ।
हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन र किसानहरुलाई गाई, भैंसी, गोठ निर्माण तथा सुधारका लागि अनुदानकाे रकम हस्तान्तरण गरिएको छ।

कृषि वित्त व्यपार र उपभोग जाेडी समृद्ध समाजको निर्माण ग्राम लक्ष्मीकाे अभियान भन्ने मुल नाराकाे साथ रंगेली ,सुनवर्सि ,रतुवामाई गरि एक सय कृषकहरु लाई ७५ हजार रुपैयाँ देखि डेर लाख सम्मकाे चेक एक हस्तान्तरण गरिएको छ । प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १ बिराटनगरको साझेदारीमा ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन कार्यक्रम संचालन गर्नेका मन्त्रालय बहुउद्देश्यीय सहकारी मार्फत कृषकहरु लाई आत्मावल बडाउने उदेश्यले यस्तो कार्यक्रम ल्याएको हाे । कार्यक्रमकाे प्रमुख अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी मंत्री राम बहादुर मगर,विशिष्ट अतिथि रंगेली नगरपालिका मेयर दिलिप कुमार अग्रवाल, वडा अध्यक्ष रामचन्द्र मंण्डल, जिवन विकास समाजका संस्थापक अध्यक्ष योगेन्द्र प्रसाद मंडल ,रमेश पोखेल ग्राम लक्ष्मीका अध्यक्ष सन्तोष कुमार मंण्डल, संस्थाका अशाेक कुमार मंण्डल, उषा मंण्डल, बडा अध्यक्ष लगायतकाे समेत उपस्थिति रहेको थियो । कार्यक्रममा समाज सेवामा लागि पर्ने जीवन बिकासका संस्थापक अध्यक्ष याेगेन्द्र मंण्डल, रमेश पाेख्रेल ,तथा अतिथिहरुलाई सम्मन तथा मायाकाे चिनाे समेत हस्तान्तरण गरिएको थियोे ।

कार्यक्रममा सहभागीहरुले बिगतका दिन हरुमा उत्तरी भेगका कृषकहरु लाई प्राेत्साहन गर्दे आईरहेता पनि पछिल्लो समयमा यसरी सिमाबर्ति क्षेत्रमा यस्तो कार्यक्रम ल्याएकाेमा सबै पक्षले राम्रो काम गरेकाे भन्दै धन्यवाद समेत दिएका छन । प्रमुख अतिथिले भने अबका दिनहरुमा समेत आफुले कृषकका लागि थप सेवा र सुविधा दिनुका साथै कृषकहरुले उव्जाएकाे खाद्यान्नकाे उचित भन्डार गर्ने रंगेली मै आधुनिक किसिमकाे काेल स्टाेर बनाउदै गरेको र कृषकहरुलाई सहज हुने समेत मंन्त्रि राम बहादुर मगरले बताए । त्यसैगरी सहकारीले पशु आहारा विकास कार्यक्रम र बहुवर्षिय पशु स्वास्थ्य सेवा कार्यक्रम संचालनको लागि आवश्यक पर्ने औषधी, मेशिनऔजार आदि सामग्री खरिद तथा वितरण समेत गरेको छ । दुध संकलन केन्द्र स्थापनाका लागि उपकरण आफ्नै भवन निर्माण तथा बिगत बर्ष देखि खेतीयोग्य जमिन लिजमा लिएर आधुनिक प्रबिधिबाट खेति समेत गर्दे आईरहेकाे र अबका दिनहरुमा कृषकहरु लाई हरेक सुबिधा दिदै लैजाने सहकारीका अध्यक्ष सन्तोष मंण्डलले बताए।