हिपमत डटकम

सोमबार, साउन ०४, २०७८ || 450  पटक पढिएको

खल्ती डिजिटल वालेटबाट अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ ।

मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमीट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार, अब सर्वसाधारणहरुले मेगा रेमीटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्न सक्ने भएका छन् ।

यसका साथै, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, युएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमीटमार्फत पठाएको रकम खल्तीमार्फत प्राप्त गर्न सकिनेछ ।

नेपालभित्र पनि खल्तीमार्फत रकम पठाउन र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकोमा यो व्यवस्थाले मेगा बैंकको रेमिटेन्स सेवाको दायरालाई अभैm फराकिलो बनाउदै ग्राहकहरुमा थप सहजता प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!