
म्याग्दी । अन्नपूर्ण गाउँपालिका-३ रुप्से छहरा काभ्रे भिरमा आइतबार बिहान ढुङ्गा माटो सहितको पहिरो खस्दा बेनी जोमसोम सडक-खण्ड पूर्णरुपमा अवरोध भएको छ ।

उक्त सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ ।