हिपमत डटकम

आइतबार, साउन ०३, २०७८ || 527  पटक पढिएको
फ़ाईल तस्बिर

सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका(२ का २९ बर्षीय कृष्ण घिमिरेको शनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घर वरीपरी हात्ती रोक्नका लागी लगाईएको फलामको तारमा छुँदा अचानक करेन्ट लागेर घाईते भएका घिमिरेको उपचारको क्रममा बि।पी। कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको हो । यसैगरी ईटहरी(१७ का मनोज खत्रीको पनी करेन्ट लागेर मृत्यु भएको छ ।

शनिवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका खत्रीलाई उपचारको लागी बिराटटिचिङहस्पिटलबिराटनगर लगिएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!