नेकपा एमालेको माधव नेपाल पक्षका कम्तिमा १० जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।

नेपाल पक्षका १० सांसदले आइतवार काठमाडौंको एक होटलमा भेला भएर देउवाको पक्षमा भोट दिने निर्णय गरेका हुन् । उनीहरूलाई अहिले पनि होटलमा नै राखिएको छ ।

सांसदहरू विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री लगायत १० जना सांसदले देउवाको पक्षमा विश्वासको मत दिने तयारी गरेका छन् ।

‘हामी आफैँले हस्ताक्षर गरेर बनेको हुनाले कम्तिमा पनि १० जना सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेका छौं,’आइतवार सांसदहरूको भेलाको अगुवाइ गरेका एक सांसदले भने ।

शनिवार साँझ सत्तारुढ गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधव नेपालले कम्तिमा पनि १० सांसदले मत दिने आश्वासन दिएका थिए । सोही अनुसार प्रधानमन्त्री देउवाले आइतवार हतारहतारमा विश्वासको मत लिने तयारी गरेका हुन् ।

स्थायी कमिटीमा रहेका सदस्य मतदानमा सहभागी नहुने र केन्द्रीय कमिटीमा रहेका र केन्द्रीय कमिटीमा नरहेका सांसदहरूले भोट हाल्ने तयारी गरेका छन् । सांसद एवं केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संसद जोगाउनका लागि विश्वासको मत दिने बताएकी छिन् ।

जसपामा पनि महन्थ ठाकुर पक्षका ५ सांसद उपेन्द्र यादव पक्षमा लागेकाले देउवालाई एमालेका कम्तिमा ८ सांसदको समर्थन चाहिन्छ ।लोकान्तरबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!