
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका(३ तमोर करिडोर सडकखण्डमा शनिवार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

कार्तिकेबाट तेह्रथुम तर्फ जाँदै गरेको को २८ प ६८११ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालक म्याङलुङ नगरपालिका(१ का ४५ बर्षीय याम बहादुर लिम्बुको मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।