हिपमत डटकम

आइतबार, साउन ०३, २०७८ || 872  पटक पढिएको

हाँस्य कलाकार पल्पसा डंगोलको दुबै किड्नी फेल भएपछि उनको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । पल्पसा विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् । तर, उनले यसको जानकारी भने कसैलाई पनि दिएकी थिइनन् । तर, एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन् ।

किड्नीको डायलसिस गर्ने क्रममा रगत नआएपछि उनी आत्तिएको वुझिएको छ । यसपछि, भने उनी अस्वस्थ रहेको खबर सार्वजनिक भएको हो ।

 

उनको तत्काल किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको कलाकार तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । दीपाले भनिन्–‘केही दिन अगाडि डायलसिस गर्ने क्रममा ब्लड नआएपछि पल्पसाजी आत्तिनु भएछ ।

वुझिएअनुसार, उनको किन्डी ट्रान्सप्लान्टका लागि ५० लाख भन्दा बढी रकम लाग्नेछ । कलाकारहरुले उनको उपचारका लागि आर्थिक श्रोत समेत जुटाउन थालिसकेका छन् । हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन् । उनले ‘दृष्टी’ नामक सिरियलको पनि निर्माण गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!