काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको छ । नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु लाग्नु भएको हो ।

माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरिसकेको छ । महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित साह र सप्तरीकी समानुपातिक सांसद कर्णले शनिबार शपथ लिने कार्यक्रम रहेको छ ।

यस्तै माओवादीबाट मन्त्री बन्न लागेका साहले अर्थ वा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन् । यी दुवै मन्त्रालयमा जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह)का मन्त्री छन् । प्रदेश २ सरकारमा नेपाली कांग्रेस यसअघि नै सहभागी भैसकेको छ ।

उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाएर कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!