हिपमत डटकम

शुक्रबार, साउन ०१, २०७८ || 593  पटक पढिएको

बाढी पूर्वानुमान महाशाखाले आज महाकाली,पश्चिम राप्ती,तिनाउ जलाधारका सहायक नदीहरु, नारायणीका सहायक नदीहरु त्रिशुली, बूढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी लगायतका नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमानमा उल्लेख गरेको छ ।

महाशाखाका अनुसार आकस्मिक बहाव बढ्ने र सतर्कता तह नजिक पुग्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी, मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभावका कारण दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै, लुम्बिनी, गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। साभार :- रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!