हिपमत डटकम

शुक्रबार, साउन ०१, २०७८ || 933  पटक पढिएको

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । पछिल्लो समय विप्लवले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र हिजो बिहीबार नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका विप्लवले आज टोखास्थित् नेता डा. भट्टराईको निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।

भट्टराईका सहयोगी विश्वदिप पाण्डेले विप्लव र भट्टराईबीचको भेटवार्तालाई राजनीतिक अन्तरंग भेट्घाटको संज्ञा दिएका छन् । उनले जनयुद्धकालिन पूरानो तस्विरसमेत सार्वजनिक गरेका छन् । जहाँ विप्लव कम्ब्याट ड्रेसमा छन् ।

विप्लवले प्रचण्ड र नेता नेपालसँगको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल गर्नुको साथै यसअघि केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको लागि जोड दिएका छन् । file photo

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!