माेरङकाे रंगेली नगरपालिका ७ मा स्थापना भएको ग्राम लक्ष्मी बचत तथा सहकारीले छाेटाे अबधिमा सफलता हासिल गर्दे बहुउद्देश्यीय सहकारी हुन सफल भएको छ ।

 

उक्त सहकारीले पछिल्लो समयमा रंगेली नगरपालिका ,धनापलथान गाउँपालिका , सुन्बर्शी नगरपालिका र रतुवामाई नगरपालिका भित्रका कृषक तथा ब्यपारीहरुकाे सहकार्यमा उक्त सहकारी बहुउद्देश्यीय बन्न सफलता भएको छ । उक्त सहकारीले पछिल्लो समयमाप्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १ बिराटनगरको साझेदारीमा ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन कार्यक्रम संचालनमा ल्याएकाे छ । संस्थाले हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन गर्न रंगेली नगरपालिका, सुनवर्षि नगरपालिका र धनपालथान गाउपालिकामा सन्चालन गरिनेछ ।

 

कृषकहरुका लागि ग्राम लक्ष्मीले एक सय कृषकहरुलाई गाई र गाई काे लागि गाेठ निर्माणका लागि एक कृषक बराबर ७५ हजार रुपैयाँ सम्म अनुदान समेत दिएकाे छ । पशु आहारा विकास कार्यक्रम र बहुवर्षिय पशु स्वास्थ्य सेवा कार्यक्रम संचालनको लागि आवश्यक पर्ने औषधी, मेशिनऔजार आदि सामग्री खरिद तथा वितरण समेत गरेको छ ।

दुध संकलन केन्द्र स्थापनाका लागि उपकरण आफ्नै भवन निर्माण तथा बिगत बर्ष देखि खेतीयोग्य जमिन लिजमा लिएर आधुनिक प्रबिधि बाट खेति समेत गर्दे आईरहेकाे संस्थाका अध्यक्ष सन्ताेष कुमार मंण्डलले बताए । उनले भने अबका दिनहरुमा ग्राम लक्ष्मी प्रदेश एक उत्कृष्टकाे रुपमा काम गर्दे अगाडि बढ्दै जाने छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!